२०८३ श्रावण २०, बुधबार | Wed, 05, Aug, 2026

बाथरुममा लडेर प्रचण्ड घाइते, टाउकोमा चोट


९१०१ पाठक संख्या
  • २०८२ बैशाख २४, बुधबार मा प्रकाशित १ साल अघि
  • २४ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बाथरुममा लडेर घाइते भएका छन् । गएराति बाथरुममा लडेर उनी घाइते भएका हुन् । स्रोतका अनुसार उनको टाउकोमा चोट लागेको छ ।

    राति लडेपछि उनलाई उपचारका लागि मेडिसिटी अस्पताल लगिएको थियो । अस्पतालमा सामान्य उपचारपछि उनी निवासमा फर्किएका छन् । स्रोतले भन्यो, ‘टाउको टाँका लगाउनुपरेको छ । अरु स्वास्थ्य अवस्था सामान्य छ ।’उनी अहिले घरमै आराम गरिरहेका छन् । नेताहरु प्रचण्डलाई भेट्न उनको निवास पुग्ने क्रम जारी छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार