काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका वडा नं ४ आगलागि हुदा १२ लाख क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार आज (विहिवार) विहान १ बजेको समयमा रामेश्वर दाहालको इट्टाको वाल भएको , जस्ताको छानो भएको २ तल्ले कच्चि घरमा बिजुलीको करेन्ट सर्ट भइ आगोलागी भएको हो ।
आगलागीको खबर पाउनासाथ नेपाल प्रहरी र स्थानियको सहयोगमा २ः३० बजे पुर्ण रुपमा नियन्त्रणमा आएको थियो । उक्त आगोलागीबाट उक्त घरभित्र रहेको अन्नपात, भाँडाकुडा ,लत्ताकपडा र घर समेत पुर्ण रुपमा जली क्षेति हुँदा अन्दाजी १२ लाख क्षेति भएको, मानवीय तथा चौपाय क्षेति नभएको जानकारी प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस