२०८३ श्रावण १९, मंगलबार | Tue, 04, Aug, 2026

ए.टि.एम.फोर्दै गर्दा काभ्रेपलाञ्चोक प्रहरीले झ्याप


९९०७ पाठक संख्या
  • २०८२ जेष्ठ ८, बिहिबार मा प्रकाशित १ साल अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका वडा नं ७ मा ए.टि.एम मेसिन फोर्दै गर्दाको अवस्थामा प्रहरीले पक्राउ गरी कारवाहि प्रकृया अगाडि बढाएको छ ।
    हिजो बुधवार राती ११÷४० बजेको समयमा काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नं ७ मा रहेको नबिल बैंकको ए.टि.एम मेसिन फोर्दै छ भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय बनेपाबाट प्र.ना.उ. रामेश्वर त्वातीको कमाण्डमा १० जनाको प्रहरी टोलीले अभियुक्तलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
    सिन्धुली घाङलेख गाउंपालिका वडा नं ८ बस्ने माईला तामाङको छोरा बर्ष ३० को बुद्धीलाल तामाङलाई हथौडा र रड सहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बनेपामा ल्याई थप अनुसन्धान कार्य भइरहेको जानकारी प्राप्त भएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार