२०८३ श्रावण १९, मंगलबार | Tue, 04, Aug, 2026

कफी पिइरहेका युवकमाथि खुकुरी प्रहार


९४६५ पाठक संख्या
  • २०८२ जेष्ठ १५, बिहिबार मा प्रकाशित १ साल अघि
  • १५ जेठ, धनगढी । कैलालीको टीकापुरमा एक युवकमाथि खुकुरी प्रहार भएको छ ।

    टीकापुर नगरपालिका–१ का ३१ वर्षीय टेकेन्द्र सिंह विष्टमाथि बिहीबार दिउँसो घर नजिकैको क्याफेमा कफी पिइरहेका बेला खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले खुकुरी प्रहारबाट घाइते भएका विष्टको टाउको र छातीमा चोट रहेको जानकारी दिए ।

    उनकाअनुसार टीकापुरमा समान्य उपचारपछि विष्टलाई थप उपचारका लागि कोहलपुर मेडिकल कलेज पठाइएको छ ।

    विष्टले क्याफेमा कफी पिइरहेको अवस्थामा दुई जनाले उनीमाथि खुकुरी प्रहार गरेको बुझिए पनि उनीहरूको पहिचान भने भएको छैन । दुवै जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    घटनापछि कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) बालनरसिंह राणा आफैं अनुसन्धानमा खटिएका छन् । राणा घटनाको अनुसन्धानका लागि टीकापुर पुगेका छन् ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार