२०८३ श्रावण १९, मंगलबार | Tue, 04, Aug, 2026

चोरीको अभियोगमा काभ्रेपलाञ्चोकका वडा अध्यक्ष पक्राऊ


९१५३ पाठक संख्या
  • २०८२ जेष्ठ २०, मंगलबार मा प्रकाशित १ साल अघि
  • काभ्रेपलाञ्चोक । रोशी खोलाले वगाएको पक्किपुलको फलामहरु पार्टपुर्जाहरु चोरी गरि बेचेको अभिचयोगमा रोशी गाउपालिका वडा नं ७ का वडा अध्यक्ष अशोक कुमार गौतम सहित सामान खरिद कर्ता र सो सामान ढुवानी गर्न प्रयोग भएका गाडिका चालक समेत पक्राउ परेका छन् ।

    जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको अनुसार २०८२÷०२÷१२ गते अरातीको १० बजेको समयमा काभ्रेपलाञ्चोक जिल्ला रोशी गाउँपालिका वडा नं. ७ र नमोबुद्ध नगरपालिका वडा न.६ को सिमाना स्थित रहेको रोशी खोलामा मिति २०८१÷०६÷११ र १२ गते परेको अबिरल बर्षाको कारण रोशी खोलामा आएको बाढीले रोशी गाउँपालिका वडा नं. ७ र नमोबुद्ध नगरपालिका वडा न.६ को सिमानामा रहेको पक्की पुल रोशी खोलाले बगाई क्षेती भएको थियो ।

    क्षतीग्रस्त पुलमा प्रयोग हुने फलामको पाठपुर्जाहरु चोरी गरी बा ५ ख ४६२६ नं. को टिपर र बा २ ख ४००१ नं. को टिपर गाडीमा लोड गरी रहेको अवस्थामा टिपर चालक मान बहादुर तामाङ, रमेश लामा र कवाडी संकलक मन्टू कुमार र जितेन्द्र पासवानलाई पक्राउ गरी चोरी सम्बन्धी कसूरमा अनुसन्धान भई रहेकमा रोशी गाँउपालिका वडा नं.०७ को वडा अध्यक्ष अशोक कुमार गौतम समेतलाई उक्त मुद्दामा अनुसन्धान गर्नु पर्ने भएकोले मिति २०८२-०२-१९ गते पक्राउ गरी जेठ २० गते सम्मानित अदालतबाट ४ दिनको म्याद लिई अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार