२०८३ श्रावण १९, मंगलबार | Tue, 04, Aug, 2026

नवआगन्तुकको स्वागत तथा सांस्कृतिक कार्यक्रम सम्पन्न


९४१३ पाठक संख्या
  • २०८२ जेष्ठ २१, बुधबार मा प्रकाशित १ साल अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरमा रहेको ग्रामिण पाठशालामा नयाँ शैक्षिक सत्रको सुरुवातसँगै ७३ जना नवआगन्तुक विद्यार्थीहरुको स्वागत गर्न विशेष कार्यक्रमको आयोजना गरिएको छ । सो “नवआगन्तुक स्वागत तथा सांस्कृतिक कार्यक्रम“ श्रीकृष्ण पार्टी प्यालेसको सभाहलमा भव्य रुपमा सम्पन्न भएको हो ।

    कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक प्रस्तुति — नृत्य, गीत, कविता वाचन प्रस्तुत गरेका थिए । यस अवसरमा नवआगन्तुक विद्यार्थीहरुलाई टीका र खादा लगाएर स्वागत गरिएको थियो । विद्यालयका प्राचार्य विदुर भण्डारीले स्वागत मन्तव्य दिँदै नवआगन्तुक विद्यार्थीहरूलाई ग्रामिण पाठशालाको शैक्षिक, नैतिक र रचनात्मक यात्रामा सफल हुने शुभकामना व्यक्त गर्नुभयो ।

    अभिभावकहरुको समेत उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक प्रतिनिधि तथा पुराना विद्यार्थीहरुले पनि आफ्ना अनुभव साझा गरिएको थियो । ग्रामिण पाठशालाको यस्तो कार्यक्रमले विद्यार्थीको आत्मविश्वास अभिवृद्धि गर्नुका साथै नवआगन्तुकहरूलाई विद्यालय परिवारमा आत्मीय अनुभूति गराएको सहभागीहरुले बताउनु भएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार