२०८३ श्रावण १९, मंगलबार | Tue, 04, Aug, 2026

काभ्रेपलाञ्चोकमा ‘मल्टिडेस्टिनेशन एड्मिसन डे’ कार्यक्रममा सहभागी विद्यार्थीलाई शतप्रतिशत छात्रवृत्ति


१००६३ पाठक संख्या
  • २०८२ जेष्ठ २३, शुक्रबार मा प्रकाशित १ साल अघि
  • सुशील बञ्जारा
    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको अग्रणी शैक्षिक परामर्शदाता संस्था सक्सेस एब्रोड स्टडी, बनेपाले जापान, अष्ट्रेलीया, क्यानडा, अमेरीका, दक्षिण कोरीया र युके लगाएतका देशहरुमा उच्च शिक्षा हासिल गर्न इच्छुक विद्यार्थीलाई लक्षित गरी आयोजना भएकोे ‘मल्टि डेस्टिनेशन एड्मिसन डे’ सम्पन्न भएको छ ।

    सक्सेस एब्रोड स्टडीको कार्यालय काभ्रेपलाञ्चोकको बनेपामा आज (विहिवार) सक्सेस एब्रोड स्टडी केन्द्रीय कार्यालयका प्रबन्ध निर्देशक तथा शैक्षिक परामर्श संघ (इक्यान)का सचिव भवनाथ हुमागाइको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम शुरु भएको थियो ।

    सक्सेस एब्रोड स्टडीको कार्यालय बनेपामा आयोजना गरिएको उक्त कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजकले बताएको छ । कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गरि आयोजना गरिएको कार्यक्रममा २ सयको हाराहारीमा विद्यार्थीको सहभागीता रहेको सक्सेस एब्रोड स्टडी बनेपाका सिइओ उद्धब प्रसाद तिमल्सिनाले जानकारी दिए ।

    एड्मिसन डेमा सहभागी भएकामध्ये सय जना विद्यार्थीलाई शतप्रतिशत छात्रवृत्तिको प्रावधान पनि राखिएको थियो । उनले भने, ‘जो विद्यार्थी सक्सेस एब्रोड स्टडी बनेपाबाट भाषा अध्ययन गरेर जापान लगायत अन्य देशमा उच्च शिक्षा हासिल गर्नका लागि गएका छन् उनीहरुले पढाई र जीवनयापनलाई सजिलैसँग अगाडि बढाउन सफल भएका छन् ।’

    यस अवसरमा दक्ष तथा अनुभवी परामर्श दाताका रुपमा रहेको सक्सेस एब्रोड स्टडी बनेपाका सिइओ उद्धब प्रसाद तिमल्सिना र सक्सेस एब्रोड स्टडि केन्द्रीयकार्यालयका प्रबन्धक डोल थापा मगरबाट समेत प्रभावकारी र गुणस्तरीय परामर्श लिने मौका विद्यार्थीहरुले पाएका थिए ।

    कार्यक्रममा आइएलटिएस, पिटिइ,जापानिज भाषा र कोरियन भाषा अध्ययन गर्नचाहने विद्यार्थीहरुले अव आउने इन्टेकहरुमा विभिन्न देशहरुमा एप्लाई गर्न सक्ने भएको हुँदा यो अवसरमा धेरै विद्यार्थीहरुको रोजाई सक्सेस अर्बोड स्टडी नै भएको जानकारी संस्थाका अप्रेशन प्रमुख शुशिल बञ्जाराले दिनुभयो ।

    विशेषगरी कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरुले २०२६ को अप्रिल इन्टेकका लागि अप्लाई गर्न योग्य भएकाले प्लस टुको नतिजा आउँदासम्म आफ्नो भाषामा निखारता ल्याउनका लागि‘मल्टि डेस्टिनेशन एड्मिसन डे’ एक महत्वपूर्ण कार्यक्रम भएको सिइओ उद्धब प्रसाद तिमल्सिनाले बताए ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार