२०८३ श्रावण १९, मंगलबार | Tue, 04, Aug, 2026

पनौतीमा मालबाहक सवारी साधन सञ्चालनमा रोक


५४०९ पाठक संख्या
  • २०८२ जेष्ठ २४, शनिबार मा प्रकाशित १ साल अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पुरातात्वीक एवं ऐतिहासिक धरोहरको पहिचान बोकेको पनौती नगरको ऐतिहासिक क्षेत्रमा ५ दिनको लागि मालवाहक सवारी सञ्चालनमा रोक लगाईएको छ ।

    पनौती नगरमा मनाईने विभिन्न पर्वहरु मध्यको मुख्य पर्वको रुपमा मनाईदै आएको पनैती जात्रा (ज्या पून्हि ) को व्यवस्थापनको लागि भोलि जेठ २५ गतेबाट २९ गते दिउसो १२ बजे सम्मको लागि मालबाहक सवारी साधनमा रोक लगाएको भनदै नगरले सुचना जारी गरेको छ ।

    नगरको प्रमुख व्यापारीक क्षेत्रमा मनाईने पर्वमा मालवाहक सवारी आवागमन हुदा थप समस्या हुने भएकोले सहज व्यवस्थापनको लागि रोक लगाईएको जानकारी प्राप्त भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार