२०८३ श्रावण १९, मंगलबार | Tue, 04, Aug, 2026

चौंरिदेउरालीमा अभिमुखिकरण कार्यक्रम सम्पन्न


५६१७ पाठक संख्या
  • २०८२ अषाढ ४, बुधबार मा प्रकाशित १ साल अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको चौंरिदेउराली गाउँपालिकाको आयोजनामा दुईदिने विशेष अभिमुखिकरण कार्यक्रम गाउँपालिका अध्यक्ष रेणुका चौंलागाइको अध्यक्षतामा तथा प्रमुख प्रशासकीय अधिकृत महान दास लामाको विशेष सहभागितामा सम्पन्न भएको हो ।

    कार्यक्रममा शाखा अधिकृत एवं प्रशिक्षक चन्द्रकमल नेपाली र अधिवक्ता राम माया लामाको विशेष उपस्थिति रहेको थियो । साथै विभिन्न वडाका वडा अध्यक्षहरू, मेलमिलापकर्ता, शिक्षकहरू, समाजसेवी तथा विद्याथीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

    कार्यक्रमको स्वागत मन्तव्य उर्मिला परियारले गर्नुभएको थियो । त्यस्तै, कार्यक्रममा चन्द्रराज लामा, राजु चौंलागाईं, तेज घिसिङ र प्रमुख प्रशासकीय अधिकृत महान दास लामाले मन्तव्य राख्नुभएको थियो ।

    दुई दिनसम्म सञ्चालन गरिएको सो कार्यक्रमको सभापति रेणुका चौंलागाईंले समापन मन्तव्य दिँदै कार्यक्रमको सफलताको शुभेच्छा व्यक्त गर्नुभएको थियो । बाल बिबाह एउटा सामाजिक समस्याको रुपमा रहेको गाउँ पालिका, नागरिक समाज र सचेत बौद्धिक वर्गले यस समस्यालाई समाधान गर्न लाग्नुपर्ने अध्यक्ष चौलागाईंले जोड गर्नुभयो । कार्यक्रमको सञ्चालन कृषि विकास शाखा प्रमुख रोज कुमार शर्माले गर्नुभएको थियो ।

    गाउँपालिकाले आयोजना गरेको यस कार्यक्रमले स्थानीय तहमा नेतृत्वदायी क्षमता विकास, मेलमिलाप तथा कानुनी चेतना अभिवृद्धि गर्ने उद्देश्य राखेको जनाइएको छ । सहभागीहरूबाट कार्यक्रमप्रति सकारात्मक प्रतिक्रिया प्राप्त भएको आयोजकले जनाएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार