२०८३ श्रावण १९, मंगलबार | Tue, 04, Aug, 2026

काभ्रेपलाञ्चोकमा सवारी दुर्घटना एकको मृत्यु


७२८१ पाठक संख्या
  • २०८२ अषाढ ७, शनिबार मा प्रकाशित १ साल अघि
  • काभ्रे । जिल्लाको बनेपा नगरपालिका-७ मा योद्धा गाडीले स्कुटरलाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा काभ्रेकै तेमाल गाउँपालिका १ घर भइ हाल बनेपा ७ मा डेरा गरि बस्ने बर्ष ४५ को ज्ञानध्वज तामाङ रहेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।

    प्रहरीका अनुसार पनौतीबाट बनेपा तर्फ आउँदै गरेको ना ४ च ५९४५ नम्बरको योद्वा गाडीले बनेपाबाट पनौती तर्फ जाँदै गरेको बा.प्र ०२–०२३ प ६०२३ नम्वरको स्कुटरलाइ ठक्कर दिँदा स्कुटर चालक गम्भिर घाइते भएको र उपचारको लागि शिरमेमोरियल अस्पताल पठाइएको थियो ।  उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख रामेश्वर त्वातीले जानकारी दिए ।

    ठक्कर दिने योद्वा गाडी र स्कुटर इलाका प्रहरी कार्यालय बनेपाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । योद्वा गाडीको चालक धनुषा जिल्ला जनकपुर उपमाहानगरपालिका १३ बस्ने अन्दाजी वर्ष ३५ को अजय यादव फरार भएको र उनको खोजी भईरहेको प्रहरीको भनाई छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार