२०८३ श्रावण १९, मंगलबार | Tue, 04, Aug, 2026

पाँचखालमा वृहत नि:शुल्क स्वास्थ्य शिविर‚ अपे्रशन गर्नुपर्ने बिरामीको लागि २५ प्रतिशत छुट


१०१९३ पाठक संख्या
  • २०८२ अषाढ ११, बुधबार मा प्रकाशित १ साल अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा नं १२ भुवनेश्वरीमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

    पाँचखाल नगरपालिका ‚उज्यालो नेपाल ‚लायन्स इनटरनेशनल‚ तथा लायन्स क्लव अफ काभ्रेपलाञ्चोक भगवती ‚समाज सुधार युवा क्लव‚ शीतल चौतारी नेपाल ‚पाँचखाल जेसिजको संयुक्त आयोजनामा उक्त शिविर सम्पन्न भएको होे ।

    लायन्स क्लब अफ काभ्रेपलान्चोक भगवती लायन बर्ष २०२५/०२६ का अध्यक्ष लायन विनय सापकोटाको अनुसार समाजमा रोगको पहिचान नभई समस्यामा परेकाहरूको रोगको पहिचान गरि समयमै उपचार गरी स्वस्थ रहुन भन्ने उद्देश्यले शिविरको आयोजना गरेको हो । कतिपय स्थानीयले आर्थिक अभावमा उपचार नगराई रहेको अवस्थामा सहजताको लागि नि:शुल्क शिविरको आयोजना गरी औषधी समेत उपलब्ध गराएका छौं । मानव सेवा गर्नु हामी आयोजकहरूको कर्तव्य हो त्यसैले समय समयमा सामाजिक कार्यमा सकृयता रहन्छौँ । अध्यक्ष सापकोटाले भन्नुभयो ।

    उक्त वृहत स्वास्थ्य शिविरमा के.एम.सि अस्पतालको २३ जना डाक्टर तथा नर्स टोलीको उपस्थिति रहेको थियो । शिविरमा ४२५ जनाको स्वास्थ्य परिक्षण गरिएको थियो । शिविरलाई cem} बृहत् तथा भव्य बनाउनका लागि पाँचखाल नगर स्काउट‚ गोल्डेन फ्युचर मा वि‚ आजाद मा वि गरि १५ जना स्काउट स्वंयमसेविका परिचालन गरिएको थियो ।

    स्वास्थ्य परीक्षणमा हाइड्रोसिल‚ ढाडको नशा सम्वधिन्त समस्या लगायतका  केही बिरामीहरूलाई अस्पतालबाट अप्रेसन गर्नका लागि रिफर गरिएको थियो । शिविरबाट रिफर गरिएका विरामीहरु के.एम.सि मै गएर उपचार गराएको कम्तिमा २५ प्रतिशत छुट गर्न सक्ने अस्पताल स्रोतले जनाएको छ । अस्पताल स्रोतको अनुसार आगामी दिनहरूमा समेत सहकार्य  गरि यस किसिमका शिविरहरू अझै
    सञ्चालन गर्न तत्पर रहेको बताउनु भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार