२०८३ श्रावण १५, शुक्रबार | Fri, 31, Jul, 2026

नवलपुरमा बस दुर्घटना, २० भन्दा बढी घाइते


५७७३ पाठक संख्या
  • २०८२ मंसिर ५, शुक्रबार मा प्रकाशित ८ महिना अघि
  • नवलपुर, मङ्सिर ५ । पूर्वपश्चिम राजमार्गको मध्यविन्दु–८ खजुरी खोलामा यात्रुवाहक बस दुर्घटना हुँदा २० जनाभन्दा बढी यात्रु घाइते भएका छन्।

    जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नारायणघाटबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख २८४५ नम्बरको बस शुक्रबार बिहान करिब १० बजे सडकबाट करिब १५ मिटर तल खाल्डोमा खसेको हो। करिब ३५ यात्रुमध्ये २० भन्दा बढी घाइते भएको प्रहरी नायब उपरीक्षक (डिएसपी) तथा सूचना अधिकारी मधु नेपालले जानकारी दिए।

    घाइतेहरुलाई तत्काल उद्धार गरी मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा पठाइएको प्रहरीले जनाएको छ। सबै घाइतेको अवस्था खतरामुक्त रहेको जानकारी गराइएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार