२०८३ श्रावण १५, शुक्रबार | Fri, 31, Jul, 2026

“दलहरूले जनताको मुद्दा उठाएनन् भन्नु भ्रमपूर्ण” – पूर्वप्रधानमन्त्री नेपाल


३७९७ पाठक संख्या
  • २०८२ मंसिर २५, बिहिबार मा प्रकाशित ७ महिना अघि
  • नेपालगञ्ज, मंसिर २५ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिक दलहरूले जनताको मुद्दा उठाउन नसकेको भन्ने आरोप तथ्यहीन रहेको बताएका छन्।

    नेकपा बाँकेले बिहीबार नेपालगञ्जको त्रिभुवन चोकमा आयोजना गरेको एकता सन्देशसभालाई सम्बोधन गर्दै नेता नेपालले आफू र प्रचण्ड नेतृत्वका सरकारहरूले जनपक्षीय कामको आधार निर्माण गरेको दाबी गरे। “हाम्रा सरकारको काम जनतासामु पुर्‍याउनुपर्ने समय आएको छ,” उनले भने।

    पूर्वप्रधानमन्त्री नेपालले जनताको विश्वास नै सबैभन्दा ठूलो अदालत भएको उल्लेख गर्दै पार्टी अहिले जनसम्पर्क अभियानमा रहेको स्पष्ट गरे।

    कार्यक्रममा नेकपा बाँकेका संयोजक नरेन्द्र पाण्डेको अध्यक्षता रहेको थियो। सो अवसरमा पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शक्तिबहादुर बस्नेत, कर्णजित बुढा, युवा नेता अब्दुल हुसेन खाँलगायतले पनि सम्बोधन गर्दै पार्टी एकता, जनताको पक्षमा उभिने प्रतिबद्धता तथा आगामी राजनीतिक दिशाबारे धारणा व्यक्त गरे।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार