२०८३ श्रावण १५, शुक्रबार | Fri, 31, Jul, 2026

नवप्रवर्तन र सीप विकासमा केन्द्रित ‘आइटी मिट २०२५’ केयूमा


५९०३ पाठक संख्या
  • २०८२ पौष ९, बुधबार मा प्रकाशित ७ महिना अघि
  • काभ्रेपलाञ्चोक । काठमाडौं विश्वविद्यालय (केयू)मा ‘आइटी मिट २०२५’ आयोजना हुने भएको छ । विश्वविद्यालयको कम्प्युटर साइन्स एण्ड इन्जिनियरिङ विभागअन्तर्गत सञ्चालित काठमाडौं विश्वविद्यालय कम्प्युटर क्लब (केयूसिसी)को आयोजनामा कार्यक्रम सञ्चालन हुन लागेको हो ।

    आयोजकले  आयोजना गरेको पत्रकार सम्मेलनमार्फत ‘आइटी मिट २०२५’ को सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका छन् । साढे दुई दशकदेखि नेपालमा सूचना प्रविधि शिक्षा र विकासमा अग्रणी भूमिका खेल्दै आएको केयूसिसीले नवप्रवर्तन, सहकार्य र सीप विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित हरेक वर्ष ‘आइटी मिट’ आयोजना गर्दै आएको क्लबका उपाध्यक्ष किरण दाहालले बताए । उनका अनुसार यो कार्यक्रम विद्यार्थीहरूको प्राविधिक क्षमता, नेतृत्व र सिर्जनशीलता प्रस्तुत गर्ने प्रभावकारी मञ्च हो ।

    ‘कनेक्ट, कम्प्युट, क्रियट’ भन्ने मूल नारासहित डिसेम्बर २१ देखि २६ सम्म सञ्चालन हुने ‘आइटी मिट २०२५’ मा १५ भन्दा बढी कार्यक्रम समावेश गरिएका छन् । प्रि–इभेन्टका रूपमा ‘इम्पावर हर’, ‘वी सिल्ड साइबर’, ‘गेमिङ इभेन्ट्स’ र ‘आइडिया पिचिङ’ आयोजना गरिनेछ । साथै प्रदर्शनी तथा पोस्ट–इभेन्ट कार्यक्रमहरू पनि रहनेछन् ।

    कार्यक्रमको मुख्य आकर्षण पौष ११ गते आयोजना हुने मुख्य इभेन्ट हो । उक्त अवसरमा विद्यार्थीहरूले विकास गरेका हार्डवेयर तथा सफ्टवेयर परियोजनाहरूको प्रदर्शनी गरिनेछ । करियर फेयरअन्तर्गत ११ भन्दा बढी कम्पनीका स्टल रहनेछन्, जहाँ विद्यार्थीहरूले रोजगारी, इन्टर्नसिप र नेटवर्किङका अवसर प्राप्त गर्नेछन् ।

    यसैगरी ‘दि एआई वेभः इलुजन अर इनोभेसन’ विषयक प्यानल छलफल, ‘आइटी क्विज’ लगायत विविध ज्ञानमूलक तथा प्रतिस्पर्धात्मक कार्यक्रमहरू आयोजना गरिने आयोजकले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार