२०८३ श्रावण १६, शनिबार | Sat, 01, Aug, 2026

हुम्लाको खार्पुनाथमा आगलागी: दुई वर्षीय बालकको मृत्यु


६०८५ पाठक संख्या
  • २०८२ पौष १२, शनिबार मा प्रकाशित ७ महिना अघि
  • १२ पुस, काठमाडौं । हुम्लाको खार्पुनाथ गाउँपालिका–२ थाली गाउँमा भएको आगलागीमा परेर एक बालकको मृत्यु भएको छ।

    शुक्रबार साँझ अचानक लागेको आगलागीमा खार्पुनाथ गाउँपालिका–२ का २ वर्षीय रेबेन्द जेठराको ज्यान गएको हो। स्थानीय दया रावलका अनुसार छेपी जेठरा र रामराज जेठराको घरमा आगलागी हुँदा घरभित्र रहेका बालक रेबेन्द आगोमा परेका थिए।

    आगलागीबाट घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। आगोका कारण घरभित्र रहेका लत्ताकपडा, खाद्यान्न तथा अन्य आवश्यक मालसामान समेत जलेर खरानी भएको रावलले जानकारी दिए। आगलागीपछि स्थानीयबासीले आगो निभाउने प्रयास गरे पनि घर र बालकलाई बचाउन नसकिएको बताइएको छ।

    जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रवक्ता विष्णु श्रेष्ठका अनुसार घटनाको कारणबारे अनुसन्धान भइरहेको छ भने आगलागीसम्बन्धी विस्तृत विवरण आउन बाँकी छ। घटनापछि स्थानीय तह र सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ पुगेको प्रहरीले जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार