२०८३ श्रावण १३, बुधबार | Wed, 29, Jul, 2026

पेट्रोलियम पदार्थको मूल्य घट्यो


६१८९ पाठक संख्या
  • २०८२ पौष १७, बिहिबार मा प्रकाशित ६ महिना अघि
  • काठमाडौं– नेपाल आलय निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ, डिजेलमा ५ रुपैयाँ र हवाई इन्धनमा आन्तरिकतर्फ ६ रुपैयाँ मूल्य घटाएको हो।

    इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा चार रुपैयाँ १९ पैसा, डिजेलमा ५ रुपैयाँ ६ पैसा र हवाइ इन्धनमा प्रतिलिटर ८ रुपैयाँ १५ पैसाले घटेर आएका कारण निगमले आज राति १ बजेपछि लागू हुने गरी नयाँ मूल्य तोकेको हो।

    परिवर्तित मूल्यअनुसार काठमाडौंमा अब पेट्रोल प्रतिलिटर १५९ रुपैया र  प्रतिलिटर डिजेल १३७ रुपैयाँ पर्नेछ । एलपिजी ग्यासको मूल्य १००. ३५ पैसा बढेर आए पनि मूल्य यथावत राखिएको निगमले जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु