२०८३ श्रावण ५, मंगलबार | Tue, 21, Jul, 2026

पाँचखालमा पशुपालन तालिम : ९५ कृषक लाभान्वित, ३३ वर्षदेखि लवग्रीन नेपालको सक्रियता


८०८७ पाठक संख्या
  • २०८२ चैत्र २९, आईतबार मा प्रकाशित ३ महिना अघि
  • काभ्रेपलाञ्चोक । लवग्रीन नेपालको आयोजना तथा पाँचखाल नगरपालिका सँगको सहकार्यमा पशुपालन व्यवसायसम्बन्धी दुई–दिने तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

    चैत्र ५–६, २३–२४ तथा २६–२७ गते सञ्चालन गरिएको उक्त तालिम वडा नं. २, ३ र ६ मा आयोजना गरिएको थियो। कृषकहरूको सीप तथा उत्पादनशीलता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिममा व्यवसायिक पशुपालनका विविध पक्षहरू समेटिएका थिए।

    तालिमका क्रममा पशुमा लाग्ने रोग तथा तिनको उपचार विधि, सन्तुलित आहार व्यवस्थापन, आधुनिक पशु व्यवस्थापन प्रणाली, आन्तरिक तथा बाह्य परजीवीहरूले पार्ने असर तथा तिनको नियन्त्रणका उपायलगायतका विषयमा व्यवहारिक तथा प्राविधिक जानकारी प्रदान गरिएको थियो।

    कार्यक्रममा ४९ जना महिला र ४६ जना पुरुष गरी कुल ९५ जना कृषकहरूको सहभागिता रहेको थियो। सहभागीहरूले तालिमलाई अत्यन्त उपयोगी, व्यवहारिक तथा आयआर्जन वृद्धि गर्ने दिशामा सहयोगी भएको प्रतिक्रिया दिएका छन्।

    यसै अवसरमा पाँचखाल नगरपालिकाले कृषकहरूको आवश्यकताका आधारमा माटे रोग, नाम्ले जुका, किर्ना, उपिया लगायतका रोगहरूको उपचारका लागि आवश्यक औषधिहरू वितरण गरेको जनाएको छ, जसले स्थानीय पशुपालन व्यवसायलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

    तालिममा पशु स्वास्थ्य प्राविधिक भोजराज पन्त, डा. सुधाकर गुप्ता, डा. सुरज श्रेष्ठ, पशु स्वास्थ्य प्राविधिक सुरेश बडाल तथा जनार्दन खतिवडा ले सहजीकरण गर्नुभएको थियो।

    संस्थाका अनुसार चालु आर्थिक वर्षमा मात्र नगरपालिकासँगको समन्वयमा १२२ जना कृषकलाई यस्ता तालिमहरू प्रदान गरिसकिएको छ।

    लवग्रीन नेपाल ले विगत ३३ वर्षदेखि पाँचखाल तथा आसपासका क्षेत्रमा हरियाली प्रवर्द्धन, शिक्षा, स्वास्थ्य, कृषि तथा पशुपालन क्षेत्रको विकासमा निरन्तर योगदान पुर्‍याउँदै आएको छ। स्थानीय समुदायको जीवनस्तर उकास्ने उद्देश्यले सञ्चालन गरिएका कार्यक्रमहरूले दीगो विकास तथा आत्मनिर्भर कृषि प्रणाली निर्माणमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार