२०८३ आश्विन ७, बुधबार | Wed, 23, Sep, 2026

वर्षाले बढायो यात्रा जोखिम, बिहीबारदेखि राति यात्रा नगर्न आह्वान


१०१५ पाठक संख्या
  • २०८३ आश्विन ७, बुधबार मा प्रकाशित १३ घण्टा अघि
  • ७ असोज, काठमाडौं । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले बिहीबारदेखि लामो दूरी तथा रातिको समयमा यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

    महासंघले बुधबार विज्ञप्ति जारी गर्दै बिहीबारदेखि १२ असोजसम्म यातायात सेवा सञ्चालन गर्नुअघि सडकको अवस्था र मौसमबारे अनिवार्य जानकारी लिन आफ्ना सदस्य तथा यातायात व्यवसायीलाई सचेत गराएको हो।

    महासंघले अत्यावश्यक कामबाहेक टाढाको यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गर्दै बिहीबारदेखि रातिको समयमा हुने यात्रासमेत सकेसम्म नगर्न अनुरोध गरेको छ।

    यसअघि नै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले समेत भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै अनावश्यक तथा जोखिमपूर्ण यात्रा नगर्न सरोकारवालालाई आग्रह गरिसकेको थियो। सोही अनुरूप महासंघले यातायात व्यवसायीलाई सावधानी अपनाउँदै सेवा सञ्चालन गर्न आग्रह गरेको जनाएको छ।

    यस साताभर विभिन्न क्षेत्रमा अविरल तथा भारी वर्षाको सम्भावना रहेकाले नदी तथा खोलामा बाढी आउनुका साथै सडकमा पहिरो र डुबानको जोखिम बढ्न सक्ने सरकारले जनाएको छ। जोखिमपूर्ण मौसममा यात्रा गर्दा दुर्घटना तथा सडक अवरुद्ध हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार