२०८३ आश्विन १४, बुधबार | Wed, 30, Sep, 2026

यूएन महासभाबाट फर्किँदै खनाल, विमानस्थलमै पत्रकार सम्मेलन


७८१ पाठक संख्या
  • २०८३ आश्विन १४, बुधबार मा प्रकाशित १ घण्टा अघि
  • काठमाडौँ — संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर परराष्ट्रमन्त्री शिशिर खनाल बुधबार बिहान स्वदेश फर्किँदै छन्।

    स्वदेश फर्किएलगत्तै मन्त्री खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पत्रकार सम्मेलनमार्फत महासभामा नेपालको सहभागिता र उपलब्धिबारे जानकारी गराउने भएका छन्।

    परराष्ट्र मन्त्रालयका अनुसार बुधबार बिहान विमानस्थलको विशिष्ट कक्षस्थित मिडिया कक्षमा प्रेस ब्रिफिङ आयोजना गरिनेछ।

    ब्रिफिङका क्रममा मन्त्री खनालले संयुक्त राष्ट्रसंघको महासभाका क्रममा नेपालले उठाएका विषय, विभिन्न उच्चस्तरीय कार्यक्रमहरूमा भएको सहभागिता तथा विभिन्न मुलुकका प्रतिनिधिसँग भएका द्विपक्षीय भेटवार्ता र छलफलका प्रमुख विषय एवं उपलब्धिबारे सञ्चारकर्मीलाई जानकारी गराउनेछन्।

    महासभाका अवसरमा भएका महत्वपूर्ण भेटघाट, नेपालको कूटनीतिक प्राथमिकता तथा अन्तर्राष्ट्रिय मञ्चमा नेपालले प्रस्तुत गरेका धारणा र प्रतिबद्धताबारे समेत मन्त्री खनालले जानकारी दिने अपेक्षा गरिएको छ। परराष्ट्र मन्त्रालयले प्रेस ब्रिफिङमा सहभागी हुन सञ्चारकर्मीलाई उपस्थितिका लागि अनुरोध गरेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार
    ↑