२०८२ बैशाख ७, आईतबार | Sun, 20, Apr, 2025

जवरजस्ति यौन कार्यमा लगाउने होटल संञ्चालकलाई प्रहरीले झ्याप


५६३९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर ३०, सोमबार मा प्रकाशित ५ साल अघि
  • चितवन — युवतीहरुलाई जबर्जस्ती यौन कार्यमा संलग्न गराएको अरोपमा चितवन प्रहरीले होटल सञ्चालकसहित तीनजनालाई समाएको छ । काठमाडौंबाट हराएका दुईजना युवतीको खोजी गर्ने क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेका थिए । काठमाडौं डेरा गरी बस्ने १४ र २२ वर्षका युवती गएको कात्तिक २८ गतेदेखि हराएका थिए । उनीहरु चितवनमा फेला परेका हुन् ।

    ‘उनीहरुको खोजी कार्य चितवन प्रहरीले पनि गरेको थियो। मोबाइल फोनको लोकेसन खोज्दै जाँदा उनीहरु जुगेडीमा रहेको एउटा होटलमा बसेको फेला पर्‍यो। होटलबाट पनि उम्काएर उनीहरुलाई अन्यत्र लैजान खोजेका बेलामा प्रहरीले उनीहरुको उद्दार गरेको हो’ चितवन प्रहरी कार्यालयका प्रमुख रहेका प्रहरी उपरिक्षक (एसपी) दानबहादुर मल्लले भने।

    ती युवतीहरुलाई भरतपुर महानगरपालिका–२९ जुगेडीमा सञ्चालन भएको होटलमा राखेर जर्बजस्ती यौन कार्यमा संलग्न गराउने गरेको पत्ता लागेको एसपी मल्लले बताए। प्रहरीले होटल सञ्चालक जुगेडीका ५० वर्षीय जंगबहादुर क्षेत्री र ३९ वर्षीया निर्मला थापा क्षेत्रीलाई समाएको छ। त्यसैगरी सुनसरी धरान–८ लेटाङकी २४ वर्षीया रोशिका राईलाई पनि समाएको छ।

     पिडित युवतीका आफन्तले पक्राउ भएका व्यक्तिहरु विरुद्ध मानव बेचबिखन तथा ओसारपसार अपराधमा सजाय माग गर्दै उजुरी दिएको एसपी मल्लले जानकारी दिए। अपराध प्रमाणित भए १० देखि १५ वर्ष कैद, ५० हजारदेखि एक लाख रुपैयाँसम्म कैद हुने कानुनी व्यवस्था छ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु