कपिलवस्तु — कपिलवस्तु–३ का प्रतिनिधिसभाका सांसद अभिषेकप्रताप शाहलाई पक्राउ गर्न जिल्ला अदालत कपिलवस्तुले प्रहरीलाई अनुमति दिएको छ । अदालतमा प्रहरीले शाहलाई ज्यान मार्ने उद्योगमा मुद्दामा अनुसन्धानका लागि पक्राउ गर्न पाउँ भन्दै अनुमति मागेको थियो ।
अदालतबाट पक्राउ गरेर अनुसन्धान गर्ने अनुमति प्राप्त भएको कपिलवस्तुका निमित्त प्रहरी प्रमुख नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए। शाह सांसद भएकाले संघीय संसद्लाई जानकारी दिने प्रक्रिया बुझिरहेको मल्लले बताए।संघीय संसदलाई जानकारी दिएपछि शाहमाथि अनुसन्धान अघि बढाउने मल्लले बताए। शाह कांग्रेसबाट निर्वाचित सांसद हुन्।
गत पुस ५ गते श्याम मिश्रामाथि कृष्णनगरस्थित शाहको घरमा कुटपिट भएको थियो। मिश्रा गत स्थानीय निर्वाचनमा राप्रपाबाट कृष्णनगर नगरपालिका प्रमुखमा उम्मेदवार बनेका थिए।
प्रतिक्रिया दिनुहोस