२०८१ भाद्र २३, आईतबार | Sun, 08, Sep, 2024

घर त भयो तर नेपाली नागरिक्ता नहुँदा भविश्य अन्धकार छ- कर्मसरा अशाहयहरुको सेवा गर्नु मेरो कर्तव्य हो -महेश


२९५० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ फागुन ३, शनिबार मा प्रकाशित ४ साल अघि
  • आई.आर.के.मैनाली

    काभ्रे । “हामी अशहाय, साहारा विहिनको लागि भवगान बनेर आउनु भयो—परिवर्तनको लागि युवा (युथ फर चेन्ज) क्लब।” अपाङ्ग साथै अस्वस्थ पतिलाई भाडाको घरमा राखेर सेवा गर्दै गरेको हाम्रो पिडालाई बुझ्दै पाँचखालका युवाहरुले लगाएको गुनले गर्दा आज हामी आफ्नै घरमा बस्न पाउने भएका छौं । तर मसंग नेपाली नागरिक्ता नभएको कारण मेरो भविश्य भने अन्धकार नै छ ।

    उक्त भनाई हाल पाँचखाल नगरपालिका वडा नं ६ निवासी कर्मसरा तिमल्सिनाको हो । काभे्र पँचखाल नगरपालिक वडा नं ६ का टहल वहादुर तिमल्सिना रोजगारीको क्रममा भारमा रहंदा बैवाहिक जिवनमा बाँधिएकी कर्मसराले आँसुको बलिधरा बगाउंदै भन्नुभयो हाम्रो पिडामा साथ दिने युवाहरुको भविश्य सधै सुनौलो रहोस । उहाँले भन्नुभयो मैले नेपालीसंग विवाह गर्नु अपराध होईन तर नेपाली नागरिक्ता नहुँदा अधिकारवाट बञ्चित भएको छु ।

     

    तिमल्सिना दम्पत्तिको सन्तानको नाउमा दुई छोरी छन्, उनीहरुको भारमै विवाह भएको छ । रोजगारीको क्रममा टहलवहादुरले २० बर्ष भन्दा बडी समय भारतमै विताय । पछिल्लो १० बर्षदेखि टहलवहादुर एक्कासी विरामी भई प्यारालाईसिस भयो । उनको मुटुमा समेत जटिल समस्या रहेको डाक्टरहरुको भनाई छ तर आर्थिक अभावले उपचार गर्न सम्भव रहेन । अन्तत “छन् गेडी सवै मेरी, छैनन् गेडी सवै टेडी ।” सावित हुन पुग्यो तिमल्सिना दम्पत्तिलाई । जव रोगले ग्रसित हुँदा केवल श्रीमति कर्मसराको सहायतामा बाची रहेका छन् ।

    तिमल्सिना दम्पत्तिको समस्यालाई मध्यनजर राख्दै पाँचखालमा रहेका परिवर्तनको लागि युवा (युथ फर चेन्ज) क्लब।” ले घर वनाईदिने निर्णय गरे । सोही क्रममा भुकम्प पुनर निर्माणबाट आएको तीन लाख र हेविट्याट नामक संस्थाको ५० हजार सहयोगमा दुई कोठे पक्कि घरको साथमा सौचालय बनाई दिए । रंग रोगन चिरिच्याट्ट साथै डेराको सामान सार्न समेत आफै खटेर एक भव्य कार्यक्रमको आयोजना गरी घरमा प्रवेस गराउंदै गर्दा उपस्थित सवैको आँखा ओभानो रहेन ।
    पाँचखाल नगरपालिका प्रमुख महेश खरेलले नव निर्मित घरको रिवन काटी उद्घाटन गर्दै ति अपाङ्ग तिमल्सिनालाई डोहोर्याई रहेको दृश्यले उपमेयर लक्ष्मी दनुवार, वडा अध्यक्षहरु शुन्दर अधिकारी, शुन्दर तामाङ, पाँचखाल उद्योग बाणिज्य संघका अध्यक्ष राजन कार्की, परिवर्तनको लागि युवा (युथ फर चेन्ज) क्लब।” का शंयोजक पवन गौतम लगायतका सम्पुर्ण युवाहरु, हेवी ट्याटका प्रतीनिधि शिमराज दनुवार लगाएतका युवाहरु साथै ए.एस.एफ पाँचखालका प्रमुख कृष्ण विश्वकर्मा र स्थानियहरुको आँखामा आँसुको वलिन्धरा टुटेन ।

    पाँचखाल प्रमुख खरेल भाबुक हुँदै उपस्थित सम्पुर्ण सहभागिहरुलाई समेत सान्त्वना दिदै भन्नुभयो पाँचखालका युवाहरुले गरेको उदाहरणिय कार्य अविस्मरणिय रहेको छ । पाँचखालका युवा जस्तै आफुपनि सेवक भएको बताउंदै पिडामा छटपटाई रहेका तिमल्सिना दम्पत्तिको समस्यामा सधै साथ दिने वताउंदै घाम ताप्नको लागि उचित वंगला वनाउने आफुले सहयोग गर्ने बताउनु भयो । साहारा विहिनलाई साहारा दिने आफ्नो कर्तव्य भएको वताउंदै कर्मसराले अंगिकृत नागरिक्ता पाउने बताउंदै उप—मेयर लक्ष्मी दनुवारले नागरिकता बनाउन तत्काल पहल गर्ने बताउनु भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु