२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

सेवकलाई सेवा गर्ने मौका दिनु पर्छ-खरेल, पाँचखालमा रुद्रवहादुरको शालिक


८३१४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ श्रावण १४, बुधबार मा प्रकाशित ४ साल अघि
  • आइ.आर.के.मैनाली
    काभ्रे । काभ्रे जिल्ला पाँचखाल नगरपालिका मेयर महेश खरेलले रुद्र वहादुर वानियाँ र वलराम सापकोटाले देखाएको सत्मार्गले नगरवासिहरुलाई सकारात्मक मार्गमा डोहोर्याएको बताउनु भयो ।

    स्वर्गिय रुद्र वहादुर वानियाँको अर्धकतको सालिक शिलन्यासको क्रममा आज (बुधबार) पाँचखाल नगरपालिका वडा नं ६ तिनपिप्लेमा मेयर खरेलले उक्त धारणा राख्नु भएको हो ।
    शिलन्यास कार्यक्रमका प्रमुख अतिथि मेयर खरेलले भन्नुभयो—स्व.रुद्र वहादुर वानियाँ र वलराम सापकोटा व्यक्ति होईन उहाँहरु ईतिहास हो, उहाँहरुले समाजमा पुर्याएको योगदानको कदर गर्नुपर्छ । उहाँहरुको शालिकले सामाजिक व्यक्तित्वले गर्ने सकारात्मक कार्यहरुले त्यस्ता व्यक्ति अमर हुने संदेस दिने बताउनु भयो ।

    समाजमा राम्रा कार्य गर्ने सामाजिक व्यक्तित्वहरुको संधै सम्मान साथै अमर रहने संदेश शालिकले दिने हुंदा नयाँ पिडिहरुले पनि अमरत्वको लागि सकारात्मक निस्पक्ष कार्यगर्ने मार्गमा लाग्न टेवा मिल्ने बताउनु भयो । कसैले नराम्रा कार्य गर्न खोजेपनि रुद्र ÷वलरामको शालिक देख्दा खराव मार्गमा जान नदिने मेयर खरेलले तर्क थियो ।

    कार्यक्रममा पाँचखालको बिकासनिर्माण तर्फ लक्षीत गर्दै मेयर खरेलले पाँचखालको विकासको लागि आम पाँचखालवासि एक ढिक्का भएर अगाडी बढेको बताउनु भयो । विकास निर्माणको लागि पाँचखालमा कुनै दल नरहेको वताउंदै पाँचखाल वादको रुपमा अगाडी बढेको बताउनु भयो । विकास निर्माणकार्य तिब्र गतिमा अगाडी बढ्नको लागि इष्टमेट भन्दा बढि कार्य हुनुपर्ने बताउनु भयो ।

    “पाँचखाल नगरमा रहेका सम्पुर्ण जनप्रतीनिहरु शासक होईन सेवक हो, हामी नगरवासिहरुको सेवा गर्न तैयार रहेका छौ ” मेयर खरेलले भन्नुभयो । जनप्रतीनिधिहरुलाई जनताको सेवा गर्ने मौका दिनुपर्ने उहाँको तर्क थियो । उहाँले थप्नुभयो रुद्रवहादुरको शालिक निर्माण भएपछि शालिक भएको ठाउंको नाम रुद्रवहादुर वाटिका चोक नामाकरण गर्नुपर्ने बताउनु भयो ।

    शिलन्यास कार्यक्रममा नेकपाका नेता मणि गौतमले रुद्रवहादुरले देखाएको सत्मार्गलाई नविराईकन उहाँको अधुरो सपना पुरा गर्ने कार्यमा नेकपा निरन्तर रुपमा लागिरहने बताउनु भयो । उहाँले थप्नुभयो रुद्रवहादुर अमर रहनु भयो, तर उहाँको मृत्यले पाँचखालमा ठुलो क्षति पुगेको छ । २०७५ चैत्र २९ गते पाँचखालको लागि कालो दिन सावित भयो । सो दिनलाई स्मरण गर्दै नेकपा नेता गौतमले भन्नुभयो हामी सामाजिक व्यक्तित्वहरुको मरण रुद्रको जस्तै अमरोत्व प्रदान गर्दै हुनुपर्ने मार्गमा अगाडी बढ्नुपर्ने वताउनु भयो ।

    कार्यक्रममा स्वागत मन्तव्य राख्दै पाँचखाल वडा नं ६ का वडा अध्यक्ष रामशरण दुलालले शालिक निर्माण कार्यमा सघाउने स्थानियहरु साथै मेयर खरेल प्रति आभार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो नगरपालिकाले रुद्रवहादुर वानियाँ र वलराम सापकोटाको शालिक निर्माणको लागि विनियोजन गरेको वजेटले कम्पाउण्ड निर्माणलाई अपुग भएको अवस्थामा पुन ७ लाख बजेट बिनियोजन गर्दा थप सहज भएको बताउनु भयो । उहाँले भन्नुभयो समाजमा अविस्मरणिय कार्य गर्दा अमरत्व प्राप्त गर्ने उदाहरण वानियाँ र सापकोटाबाट भएको र राम्रा कार्य गर्नेको समाजले उच्च मुल्यांकन गर्ने भएकोले सम्पुर्ण समाजसेविले राम्रा कार्यमा लाग्नुपर्ने बताउनु भयो ।

    त्यसैगरी विद्युत प्राधिकरण पाँचखाल शाखाका प्रमुख मेघनाथ ढकालले पाँचखाल उपत्यकामा विद्युतको सहज आपुर्ती गर्ने वताउनु भयो । उहँले थप्नुभयो—नीति र विधिलाई आधार मानेर हामी अगाडी बढेका छौं,कसैलाई पनि समस्या पर्ने खालको काम हुदैन बिगतमा भुलबस भएको भए पनि समाधान गर्छौ ।

    शालिक निर्माण समितिका अध्यक्ष बरुण ढुंगानाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा पाँचखाल नगरका उप—प्रमुख लक्ष्मी दनुवार, नगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत लोक वहादुर भण्डारी, पाँचखाल उद्योग बाणिज्य संघका अध्यक्ष राजन कार्की, स्वर्गिय रुद्रवहादुरका बुवा हेमवहादुर वानिया लगाएतका परिवारका सदस्यहरु, कार्यपालिकका सदस्यहरु, जनप्रतीनिधिहरु, समाजसेवि, शिक्षा सेवि साथै स्थानियहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको संञ्चालन बाबुकाजि पराजुलिले गर्नुभएको थियो ।

    २०७५ साल चैत्र २९ गते पाँचखाल वडा नं ६ स्थित तिनपिप्ले वजारमा रुद्रवहादुर वानियाँको अन्तिम श्रद्धाञ्ञजली सभामा उपस्थित मानव सागरको बिचमा वलिन्धरा आँसुको धारा वगाउंदै किरण सेडाईले वानियाँको पार्थीव शरिरलाई फुलको गुच्छा चडाउंदै वानियाँको शालिक निर्माणको लागि नगरका मेयर महेश खरेललाई अनुरोध गर्ने पहिलो प्रस्ताव गर्नु भएको थियो । उहाँकै सुझवकै आधारमा नगर समक्ष राखिएको प्रस्तावमा नगरले रुद्र वहादुरको साथै बलराम सापकोटाको समेत सालिक निर्माणको लागि बजेट विनियोजन गरेको थियो । दुबै शालिक निर्माण गर्ने कार्य सुरु भएको छ, दुवै शालिकको एकै पटक अनावरण गर्ने तयारी हुदै छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार