२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

सापटि लिएको युरीया मल ढुवानीको लागि बोलपत्र आह्वान


३७४३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ आश्विन ६, मंगलबार मा प्रकाशित ४ साल अघि
  • काभ्रे ।बङ्गलादेसले नेपाललाई ५० हजार मेट्रिक टन युरीया मल सापटीको रुपमा दिने निश्चित भएपछि ढुवानीको लागि सात दिने समय राखी बोलपत्रको आह्वान गरेको छ । दुई देश विच सम्झौता भए लगतै सरकारले सो युरीया मल ढुवानीको जिम्मा कृषि सामाग्री कम्पनिलाई दिएपछि प्रकृया अगि बढेको छ । भारत सरकारले पनि सो मल नेपालमा ल्याउने कार्यको लागि सहज वातावरण गरी सहयोग गर्ने बताएको छ ।

    गत बिहीबार बसेको मन्त्रिपरिषद्को बैंठकले कृषि मन्त्रालयलाई सापटीमा मल ल्याउने अनुमति दिएपछि मन्त्रालयले कृषि सामग्री कम्पनीलाई जिम्मा दिएको छ ।

    मन्त्रालयले अनुमति दिएसगैँ कृषि सामग्री कम्पनीले सात दिनको समय राखेर बोलपत्र (टेन्डर) आह्वान गरिसकेको छ । गत शनिबार बोलपत्र आह्वान भएको प्रवक्ता केसीले जानकारी दिए ।

    गत पुसमा मल ल्याउने ठेक्का पाएका शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपलले समयमा रासायनिक मल ल्याउन नसक्दा देशभर मल अभाव भएको थियो ।

    किसानको मागअनुसार मल नआएपछि मन्त्रालयले बंगलादेशबाट सापटीमा मल ल्याउन लागेको हो । सापटीमा मल ल्याउने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेदसँग टेलिफोनमा कुरा भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार