२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

पाँचखालका मेयरले कृषकको खेतमा चलाए डोजर


२८६१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ कार्तिक १८, मंगलबार मा प्रकाशित ४ साल अघि
  • आई.आर.के.मैनाली
    काभ्रे । कृषि नगरीको रुपमा परिचित पाँचखालमा खेतियोज्ञ जमिनलाई चक्लाबन्दि आधुनिक ढंगबाट यान्त्रिक तरिकाले खेति गराउने उद्देश्यका साथ नगर प्रमुख महेश खरेल आफैले डोजर चलाएर उद्दघाटन गर्नुभएको छ ।

    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (सुपरजोन) ले पाँचखालका कृषकहरुलाई ७५ प्रतिशत अनुदान दिने भएको छ । सुपरजोनले दिने अनुदान साथै आधुनिक तरिकाको खेतीले गर्दा कृषकहरु धनि हुने भएका छन् ।

    कृषि नगरीको रुपमा अगाडी बढेको पाँचखालमा आधुनिक तरिकाले खेती गराउनको लागि सोमबारबाट कार्य सुरुवात भएको छ । आधुनिक ढंगको खेतीको लागि चक्लाबन्दि गर्न अति आवश्यक भएकोले पाँचखाल नगरका प्रमुख महेश खरेलले डोजर चलाएर कार्यको थालनि भएको छ ।

    पौरानिक तौर तरिकाले खेती गर्दा उत्पादन भन्दा खर्च बढी हुने अवस्था आएर समस्यामा परेका कृषि नगरका कृषकहरु आधुनिक तरिकाले खेती गर्न पाउंदा खुसि भएका छन् । सुपरजोनको सहायतामा भएको आधुनिक ढंगको खेतीले गर्दा खर्च कम हुने उत्पादन बढी हुनेमा कृषकहरु आशावादि रहेका छन् । कृषि मजदुरको अभाव भएको अवस्थामा आधुनिक डंगबाट हुने खेतीले गर्दा पाँचखाल वास्तबमै कृषि नगररिको रुपमा अगाडी बढ्ने भएको छ ।

    आफैले डोजर चलाई आधुनिक तरिकाले गरिने खेतिको उद्घाटन गर्दै पाँचखाल नगरमा प्रमुख महेश खरेलले जग्गाको सुधार, सिंचाई, कृषि उपकरण साथै गुणस्तरिय बिउ बिजनको लागि त्रि—पक्षिय ढंगबाट सहलगानीमा खेति गराईने तयारी गरेको नगरका प्रमुख महेश खरेलले जानकारी गराउनु भयो ।

    प्रमुख खरेलका अनुसार सुपरजोन परियोजना परम्परागत तरिकाले खेती गर्दा आम्दानि कमी खर्च बडी हुने भएकोले कृषकहरु चिन्तित रहेको अवस्थामा आधुनिक ढंगबाट यान्त्रिय कृषि औजारको माध्यमबाट खेति गराउने बिषयमा पाँचखाल नगर अगाडी बढेको छ । छलफल कार्यक्रममा नगका प्रमुख खरेलले कृषको हितको लागि नगर निरन्तर रुपमा अगाडी बढ्ने कृषकहरुलाई आश्वासन दिनुभयो ।

    चक्लाबन्दि ढंगको कार्य सुरुवातको क्रममा नगरका उपमेयर लक्ष्मी दनुवारले कृषकहरुको हितको खातिर नगरपालिकाले कुनै कन्जुसाई नगर्ने बताउनु भयो । उहाँले थप्नुभयो कृषकहरुलाई समयमा मलविउ उपलब्ध गराउने कार्यको लागि समेत नगरपालिका अगाडी बढेको बताउनु भयो । “कृषिमा काम गर्ने मजदुर पाउन छाड्यो,पाईएपनि धेरै महंगो श्रम, जसले गर्दा कृषि कर्म गर्दा लगानी धेरै हुने साथै उत्पादनले खर्चमात्रै ठिक हुने अवस्था आएको छ । ” उप—प्रमुख दनुवारको तर्क थियो । उहाँले थप्नुभयो पाँचखालमा हाल ३ स्थानमा सुरुवात गरेपनि क्रमस थपिदै जाने बताउनु भयो । आधुनिक साथै यान्त्रीक तरिकाले खेति गराएर उत्पादन बडाउने , कृषकलाई धनि गराउनाको साथै मुलुककै नमुना ढंगको खेति पाँचखालमा गराईने बताउनु भयो ।

    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (सुपरजोन) जिल्ला अध्यक्ष एबम पाँचखाल नगरपालिका वडा न २ का वडा अध्यक्ष हरिराम खतिवडाले चक्लाबन्दिको सुरुवातको क्रममा पाँचखालको वडा नं २ मा १०० रोपनि, वडा नं ३ मा १०० रोपनी र वडा नं १२ मा १२० रोपनिमा कार्य सुरुगरेको वताउनु भयो ।

    उहाँले भन्नुभयो काभे्र जिल्लामा १ करोड २० लाख रोपनिमा चक्लाबन्दि ढंगले खेति गराउने परियोजनाको लक्ष रहेको बताउनु भयो । सुरुवातको क्रममा पाँचखालमा तीन स्थानमा कार्यको थालनि भएपनि क्रमस विस्तार गर्दै जाने योजना रहेको बताउनुभयो ।

    सुपरजोन अध्यक्ष खतिवडाले थप्नुभयो परियोजनाले स्थानिय तहसंग संझौता गरेर अगाडी बढ्ने भएकोले पाँचखाल नगरसंगको २०७७ अशोज १६ गते भएको सम्झौताको आधारमा कार्य सुरुगरेको बताउनु भयो । चक्लाबंदि ढंगको खेति गर्दा परियोजनाले ५० प्रतिशत, स्थानिय तहले २५ प्रतिशत गरी कृषकलाई ७५ प्रतिशत अनुदान दिने बताउनु भयो । नयाँढंगको यान्त्रिकरण ढंगको खेति गराएर कृषकहरुलाई धनि गराउने कार्यमा आधुनिक ढंगले खेति गराउने साथै विउ उत्पादनलाई प्राथमिकता दिने बताउनु भयो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार