२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

कृषि प्राबिधिकलाई सहकारीको झोला बोकाउदा समस्या भएको छ —ढकाल


४८२५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ कार्तिक २२, शनिबार मा प्रकाशित ४ साल अघि
  • कार्तिक २२

    आइ.आर.के.मैनाली
    काभ्रे । पाँचखाल नगरपालिका सहकारी बिभाग प्रमुख एवं वडा नं ७ का वडा अध्यक्ष पुष्कर ढकालले कृषिका प्राविधिकलाई सहकारीको झोला बोकाएर जिम्मा दिंदा सहकारीको विकासको लागि समस्या आएको बताउनु भयो ।
    आर्थिक विकास मित्र वचत तथा ऋण सहकारी संस्थाको आज सम्पन्न बार्षिक साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि सहकारी बिभाग प्रमुख ढकालले उक्त धारणा राख्नु भएको हो ।

    कार्यक्रमका प्रमुख अतिथि ढकालले भन्नुभयो सिंहदरवारको अधिकार स्थानिय तहलाई उपलब्ध गराउने क्रममा डिभिजन सहकारी कार्यालयले निगरानि गर्दै आएको पाँचखाल नगरमा रहेको १३९ सहकारीहरुको रेखदेख गर्ने जिम्मा कृषिका जेटिएलाई दिईएको बताउनु भयो । कृषि क्षेत्रको ज्ञान भएको व्यक्तिलाई सहकारीको जिम्मा दिनुले सहकारीहरुको विकासमा केही समस्या परेको बताउनु भयो ।

    कृषि नगरीको रुपमा रहेको पाँचखाल नगर कृषि शाखामा रहेका दुई कर्मचारी मध्य एकको रिटायर हुने समय भएको छ , बाँकी एक कर्मचारीले कृषि र सहकारी दुवैको जिम्मेवारी सम्हाल्दा थप समस्या हुने प्रमुख अतिथि ढकालले बताउनु भयो । “लेख्नलाई कलम होईन शब्द राम्रो हुनुपर्छ, हेर्नलाई मुहार राम्रो भएर हुदैन व्यवहार राम्रो हुनुपर्छ ।” भन्ने उक्ति जस्तै पाँचखालमा रहेको अन्य सहकारीको भन्दा उत्कृष्टि कार्य गर्दै अगाडी बढेको आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्थाको हितको खातिर पाँचखाल नगर सहकारी विभागले निरन्तर रुपमा साथ सहयोग गर्ने बताउनु भयो ।

    पाँचखाल नगरमा स्थापना भएको सहकारीहरु मध्य सवैभन्दा राम्रो ढंगबाट संञ्चालन भएको सहकारी आर्थिक विकासलाई पाँचखालको मात्रै नभएर देशकै राम्रो साथै नमुना ढंगको सहकारीको रुपमा अगाडी बढाउनको लागि आफु निरन्तर रुपमा लागि पर्ने ढकालले बताउनु भयो । उहाँले थप्नुभयो पाँचखाल नगरवासिको हितको खातिर सहकारीको माध्यमबाट अगाडी बढाउने बिषयमा समेत योजना बनाउदै गरेको बताउनु भयो ।

    शेयर सदस्यको हितको खातिर साथै सामाजिक क्षेत्रमा समेत योगदान पुर्याउदै आएको आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्थाले स्थापनाकालबाट छुट्टै ढंगको सहज तरिकाबाट सेवा दिदै आएको संस्थाले पाँचखाल नगरवासिको मात्रै नभई काभे्रलीकै मन जित्न सफल भएको उक्त संस्थाको साधारण सभाको सभाध्यक्षक्षता संस्थाका अध्यक्षा सरोज सापकोटाले गर्नुभएको थियो ।

    आर्थिक विकास वचत तथा ऋण सहकारी संस्था र मित्र बचत तथा ऋण सहकारी संस्था विच एकिकरण भई आर्थिक विकास मित्र वचत तथा ऋण सहकारी संस्था नामाकरण भई अगाडी बढेको संस्था एकिकरण पश्चात पहिलो साधारण सभा कोभिडको समयमा सहकारी विकास बोर्डले जारी गरेको नीति नियमको आधारमा साधारण सभा सम्पन्न भएको थियो ।

    संस्थाका उपाध्यक्ष बाबुकाजि पराजुलिबाट सञ्चालित उक्त साधारण सभामा संस्थाका उपाध्यक्ष सत्यवती भट्टराई सापकोटाले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष ईश्वरि राजकुमार मैनाली, सल्लाहकार बद्रीनाथ लुईटेल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । साधारण सभामा संस्थाका सचिव नारायण प्रसाद डुंगानाले तयार पारेको नीति नियम समेतको प्रतीवेदन कार्य समिति सदस्य बैकुण्ठ न्यौपानेले बाचन गर्नुभएको थियो ।

    त्यसैगरी संस्थाका कोषाध्यक्ष राजन कार्कीले आर्थिक प्रतिवेदन र लेखा संयोजक प्रभुराम कोईरालाले लेखा प्रतीवेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाका अध्यक्ष सरोज सापकोटाले धन्यवाद मन्तव्यमा संस्थालाई मुलुककै नमुना साथै पहिलो संस्था बनाउने अभियानमा सवै सहकारी कर्मीहरुको साथ र सहयोगको अपेक्षा गर्नुभएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार