२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

पार्टीलाई अन्धकारमा राखेर ल्याइएको अध्यादेश तुरुन्त फिर्ता लिनुपर्छ : नेता नेपाल


२५६० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ मंसिर ३०, मंगलबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौँ — सत्तारूढ दल नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश तुरुन्त फिर्ता लिन माग गरेका छन् । नेता नेपालले पार्टीलाई अन्धकारमा राखेर जारी भएको अध्यादेश तुरुन्त फिर्ता लिनुपर्ने बताएका हुन् ।मंगलबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीसहित ३ जनाको उपस्थितिमा संवैधानिक परिषद्‌को बैठक गर्न सक्ने गरी अध्यादेश जारी गरेकी थिइन् ।

    अध्यादेश जारीपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता नेपालसहित सचिवालयका पाँच नेता छलफलमा जुटेका थिए ।‘अध्यादेश जुन ढंगले जारी भएको छ त्यो बेठीक भयो । उहाँले पार्टीलाई पनि अन्धकारमा राखेर अध्योदश ल्याउनु भयो । पहिला पनि पार्टीले यसो गर्न हुँदैन भन्दाभन्दै गर्नुभएको छ,’ नेता नेपालले कान्तिपुरसँग भने, ‘सुन्नमा आएको छ कि मन्त्रिपरिषद्को बैठकमा पनि यसबारे मन्त्रीहरुलाई थाह छैन । यो तरिका बेठीक हो । पुरै गलत हो । उहाँले अध्यादेश तुरुन्त फिर्ता लिनु पर्छ ।’नेता नेपालले अध्यादेश प्रकरण भोलिको स्थायी कमिटी बैठकको विषय बन्ने बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार