२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

नेकपा जोगाउने चीनको कसरत


२४५८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ पौष १३, सोमबार मा प्रकाशित ३ साल अघि
  • १३ पुस, काठमाडौं । चीनका रक्षामन्त्री वेई फेङ्गेले नेपाल भ्रमण गरेको महिना दिन नबित्दै चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का अन्तर्राष्ट्रिय विभाग उपप्रमुख गुओ यैचौ नेतृत्वको चार सदस्यीय टोली आइतबार काठमाडौं आइपुग्यो । आइतबार दिउँसो काठमाडौं उत्रिएको यो टोलीले पहिलो भेट नै राष्ट्रपति विद्यादेवी भण्डारीसँग गर्‍यो ।

    चारदिने भ्रमणमा आएको यो टोलीले नेपालका सबै पार्टीका उच्च तहका सबैजसो शीर्ष नेताहरूसँग भेट्दैछ । पुस ७ मा मात्रै विभाजित भएको नेकपाका दुवैतर्फका नेताहरुलाई यो टोलीले भेट्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।

    गुओ यैचौको टोलीले नेकपाको एउटा समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसँग सोमबार भेट्दैछ । नेताहरुसँग हुने भेटवार्ता र सम्वादको उद्देश्य प्रष्ट गरिएको छैन । त्यसै पनि चीन धेरै कुरा सकेसम्म गोप्य राख्ने नीति अवलम्बन गर्छ ।

    तर, नेपालबाट एकतर्फी भ्रमण हुने गरेको चीनका नेताहरुको पछिल्लो नेपाल भ्रमण र चासोलाई भने अर्थपूर्ण रुपमा हेरिएको छ । हुन पनि महिना दिनभित्रै यो सहित चीनतर्फबाट दुईवटा उच्च स्तरका भ्रमणहरु भएका छन् । सीपीसीकै उच्च तहका नेता एवं रक्षामन्त्री बेई फेङ्गे मंसिर १४ मा मात्रै काठमाडौं आएका थिए । एकदिने त्यो भ्रमणका बेला, दुई देशबीच भएका सम्झौता कार्यान्वयनको चर्चा धेरै गरिए पनि प्रधानसेनापति पूर्णचन्द्र थापा, सेनाको विभागीय मन्त्रालयका प्रमुख अर्थात् रक्षा मन्त्रालय सम्हालेकाले केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेर रक्षामन्त्री फेङ्गे फर्किए ।

    कतिसम्म भने छिमेकी देशबाट उच्चका नेता, नेपाल भ्रमण गरिरहँदा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भने गृहजिल्ला गुल्मीमा थिए । र, रक्षामन्त्री फेङगेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न गृहमन्त्री रामबहादुर थापा बादल पुगेका थिए । गहृमन्त्रीले स्वागत गर्ने, तर भेटवार्ताको लामो समय सेनापतिसँग बितेकोमा भीम रावल लगायतका नेताहरुले आलोचना गरेका थिए ।

    दुई देशबीचको सम्बन्ध होस् अथवा सम्झौता कार्यान्वयनको पहलमा विभागीय मन्त्री राजधानीमै नहुनुले त्यो भ्रमण अरु नै उद्देश्यले भएको टिप्पणीसमेत भयो । अहिलेको भ्रमण पनि राजनीतिक उद्देश्यमै केन्दि्रत रहेको हुन सक्ने विश्लेषण गरिएको छ ।

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र सीपीसी बीचको सम्बन्ध, नेकपालाई एक राख्न चीनतर्फबाट भएका पछिल्ला पहलकदमी र अहिले देखिएको संकटले पनि यो भ्रमणको उद्देश्य कूटनैतिक मात्रै नभएको विश्लेषकहरु बताउँछन् ।

    चीन र नेपाल सम्बन्धबारे जानकार कल्याण रोका, यो भ्रमणको उद्देश्य नेकपाको विभाजन रोक्न सकिन्छ कि भन्ने पहलकदमीकै लागि भएको हुन सक्ने नकार्दैनन् । रोका भन्छन्, ‘नेकपा र सीपीसीबीच भएको सम्झौता र सदासयता हेर्दा यो भ्रमण अझै पनि नेकपालाई एकजुट राख्न दबाव दिने उद्देश्यले भएको हुन सक्छ ।’

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार