२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

जिर्ण अवस्थामा अरनिको राजमार्गको पुल , चिन्तित स्थानिय


४२५३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ श्रावण २०, बुधबार मा प्रकाशित ३ साल अघि
  • आइ.आर.के मैनाली
    काभ्रे। काठमाडौंबाट सुरु भई छिमेकी मित्र राष्ट्र चिनको सिमाना तातोपानी सम्म जोडिएको ११४ किलोमिटर लामो अरनिको राजमार्ग खण्डको पाँचखाल तामाघाट स्थित रहेको सुनमति गंगा (झिकु खोला) मा रहेको पुल जिर्ण अवस्थामा रहेको छ ।

    मुलुकमा रहेको अन्य राजमार्गको तुलनामा छुट्टै पहिचान कायम भएको अरनिको राजमार्ग नेपाललाई तिब्बतसंग जोड्ने पहिलो राजमार्ग हो । चिनमा पुगेर नेपालको शिर उच्च राख्न सफल रहेको कलाकार अरनिको सम्मान स्वरुप अरनिको राजमार्ग नामाकरण भएको हो ।

    अरनिको राजमार्ग निर्माण हुनु अगाडी काठमाडौ बाट पाँचखाल सम्म २०१७ सालमा निर्माणको सुरुवात भएको महेन्द्र राजमार्ग सहज ढंगबाट निर्माण कार्य सम्पन्न हुन नसकिरहेको अवस्थामा अरनिको राजमार्गको नाउमा सडक निर्माण कार्य सम्पन्न भएको थियो । २०२३ सालमा अरनिको राजमार्ग निर्माण भएपछि भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप, दोलखा लगाएतको स्थानलाई यातायातमा सहजता आएको थियो ।

    पछिल्लो समयमा आएर जारमार्गको अवस्था दयनिय नै छ । बिषेश गरेर अरनिको राजमार्ग खण्डको दोलालघाट भन्दा उताको सडकहरु तहस नहस अवस्थामा छ । काभ्रे जिल्लाको दोलालघाट बाट धुलिखेल सम्म पनि सडकको अवस्था राम्रो छैन । सडकमा सवारी साधनको चाप, सडकको क्षमता भन्दा बढीको मालबाहक सवारी साधन सञ्चाल हुनु, प्रत्यक बर्ष मोड कटिङ्गको नाममा सडक भत्काउने कार्य हुदै आएको छ । जसले गर्दा साना सवारी साधनहरुको लागि जोखिम भएको छ ।

    अरनिको राजमार्गमा रहेको विभिन्न पुलहरु जिर्ण हुदै गएको छ, पुलको जिर्ण अवस्थाको बिषयमा सम्बन्धित निकायको खासै ध्यान पुग्न सकेको छैन । समय समयमा मर्मत कार्य गर्नुपर्ने बिषयमा कसैको चासो नपुग्दा धेरै पुलहरु भत्कने अवस्थामा रहेको छ । सोही अनुसार पाँचखाल नगरपालिका वडा नं ३ र ४ को सिमानामा पर्ने सुनमति गंगा (झिकु खोला) मा रहेको पुल भाचिने अवस्थामा रहेको छ ।

    २०२३ सालमा निर्माण भएको पुल ५० बर्ष पछि सडकविभागले पुलको फाउन्डेसन सामान्य मर्मत गरेको थियो । खोलो गहिरिदै जाँदा पुलको जग उत्रने खतराले गर्दा मर्मत गरेको थियो । पुल वनेको ५८ बर्ष सम्म पुलको अन्य संरचना मर्मत गर्ने चासो सम्बन्धित पक्षले नदिदा पुलको माथिल्लो भागमा रड (फलाम) देखिएको छ । पुलको माझमा खाल्डै खाल्डा भएको कारण सो खाल्टामा परेर मोटरसाईकल दुर्घटना भई एक युवाले ज्यान समेत गुमाएका छन् । यस्तो अवस्थामा पनि खाल्डा पुर्ने बिषयमा कसैको ध्यान पुग्न नसक्दा रडहरु देखिएको छ । पुलको वार लच्चीएको छ । पुलको पैदल यात्रीको भाग लच्चिएर ठुलै ग्याव देखिदा पनि सम्बन्धित पक्षको मौनताले गर्दा पुल क्षति हुने अवस्थामा रहेको छ ।

    लामो समयदेखिको मर्मत संभारको पर्खाईमा रहेको सो पुलको लम्बाई ४२ मिटर रहेको छ । अवको केही समयमा मर्मत सम्भार नगर्नेहो भने सो पुल क्षति भई पाँचखाल पुर्वको सम्बन्ध विच्छेद हुने छ । चिनसंगको व्यार सम्झौता अनुसार खासाको नाका हुदै आउने सामानमा समेत समस्या हुने छ । पुलको दयनिय अवस्थाको बिषयमा पाँचखालका स्थानिय चिन्तित भएका छन् । सोही बिषयमा शिक्षासेवी दामोदर अधिकारीले भन्नुभयो—सिमेन्टको आयु १०० बर्ष भनिएपनि पुलमा त्यो लागु नहुन सक्छ । सडकमा मालबाहक सवारी साधनको चाप बढ्नुले गर्दा तत्काल पुल मर्मतको साथै मालबाहक सवारी साधनको चापलाई मध्यनजर राख्दै नयाँ पुल निर्माणको चरणमा जानुपर्ने बताउनु भयो ।

    त्यसैगरी समाजसेवी हरी दाहालले भन्नुभयो—पुल पुरानो भयो, समयमा मर्मतसंभार हुन सकेन जसको कारणले गर्दा पुलको विचभागमा खाल्डै खाल्डा भएर रडहरु देखिनुका साथै लच्ची सकेको छ । पुरानो पुलले थेग्न नसक्नेगरी मालबाहक सवारी साधनको चाप बढेको छ । लामो समएदेखी पुल जिर्ण हुंदापनि सम्बन्धित निकायको ध्यान पुग्न नसक्नुले पुल ढल्ने अवस्थामा छ । यो पुल ढलेपछि राजमार्ग लामोे समयसम्म अवरोध हुन्छ । यति धेरै महत्व भएको पुलको अवस्थाको बिषयमा सम्बन्धित निकायको ध्यान पुग्न नसक्दा छिटै दुर्घटना हुने सक्ने प्रवल संभावना रहेको छ । दाहालले बताउनु भयो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार