२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

भत्कियो अरनिको राजमार्गको पुल


५९७९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ श्रावण २५, सोमबार मा प्रकाशित ३ साल अघि
  • आइ.आर.के मैनाली
    काभ्रे । अरनिको राजमार्ग खण्ड पाँचखालको झिकु खोला (सुनमती गंगा) मा रहेको पुलको बार भत्किएको छ । लामो समयदेखि मर्मत संभारको पर्खाईमा रहेको जिर्ण पुलको बार आईतबार राती भत्किएको हो ।
    रातिको समयमा पुलको बार भत्किएकोले मानविय क्षति भने भएको छैन । दिउंसोको समयमा भत्किएको भए मानविय क्षति हुने थियो । पुल मुनि तामे्रश्वर घाट भएकोले घाटमा दाह संस्कार गर्दै गरेको अवस्थामा भत्किएको भए धेरैले ज्यान गुमाउनु पर्ने थियो ।
    पुलको बार भत्किएपछि पाँचखाल नगरपालिकाका मेयर महेश खेरेल, पाँचखाल वडा नं ३ का वडा अध्यक्ष शुन्दर अधिकारी, वडा नं ४ का वडा अध्यक्ष शुन्दर तामाङ लगाएतका जनप्रतिनिधहरुको उपस्थितिमा पुलको अवलोकन गरी एक तर्फि ढंगबाट सवारी आवत जावतको व्यवस्था मिलाईएको थियो ।
    काठमाडौंबाट सुरु भई छिमेकी मित्र राष्ट्र चिनको सिमाना तातोपानी सम्म जोडिएको ११४ किलोमिटर लामो अरनिको राजमार्ग खण्डको सो पुल जिर्ण हुंदापनि सम्बन्धित निकाएले चासो दिएको छैन । तत्काल मर्मत संभारको कार्य नभएमा पुल तहस नहस हुने अवस्थामा पुगेको छ । २०२३ सालमा निर्माण भएको पुल ५० बर्ष पछि सडकविभागले पुलको फाउन्डेसन सामान्य मर्मत गरेको थियो । पुल वनेको ५८ बर्ष सम्म पुलको अन्य संरचना मर्मत गर्ने चासो सम्बन्धित पक्षले नदिदा पुलको माथिल्लो भागमा रड (फलाम) देखिएको छ ।
    लामो समयदेखिको मर्मत संभारको पर्खाईमा रहेको सो पुलको लम्बाई ४२ मिटर रहेको छ । अवको केही समयमा मर्मत सम्भार नगर्नेहो भने सो पुल क्षति भई पाँचखाल पुर्वको सम्बन्ध विच्छेद हुने छ । पुलको दयनिय अवस्थाको बिषयमा पाँचखालका स्थानिय चिन्तित भएका छन् । स्थानियहरुले तत्काल मर्मत साथै सडकको सवारी चापलाई मध्यनजर राख्दै नयाँ पुल बन्नुपर्ने बिषयमा माग गर्दै आएका छन् ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार