२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

खोलाले कार बगाउँदा ४ जनाको मृत्यु, एकजना घाइते


३२३९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ भाद्र १७, बिहिबार मा प्रकाशित ३ साल अघि
  • १७ भदौ, घोराही । दाङमा खोलाले कार बगाउँदा चार जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।नेपालगञ्जबाट घोराहीतर्फ आउँदै गरेको प्रदेश ३-०१-२४ च ४४४० नं. को कारलाई घोराही उपमहानगरपालिका-४ गोग्लीस्थित सिस्ने खोलाको बाढीले बगाउँँदा कारमा सवार चार जनाको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा घोराही उपमहानगरपालिका १३ की ३२ वर्षीया शुसिला श्रेष्ठ र ४० वर्षीया रितामाया पुन तथा घोराही-१४ का २९ वर्षीया राधा कुँवर र ४० वर्षीया विमला केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।

    विमला र रिताको शव घटनास्थलदेखि तीन किलोमिटर टाढा आज बिहान सवा ६ बजेतिर फेला परेको प्रहरीले जनाएको छ । दुर्घटनामा कार चालक घोराही उपमहानगरपालिका वडा नं. १५ निवासी ४३ वर्षीय नरबहादुर पुन घाइते छन् । पुनको खुट्टा भाँचिएको छ । उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ । उनलाई बगाएको स्थानदेखि करिब डेढ किलोमिटर टाढा घोराही–१७ बेलभारको नयाँवस्तीमा फेला पारेर उद्धार गरेको प्रहरीले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार