२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

चौंरीदेउराली जिल्ला कै उत्कृष्ट सावित, पालिकाको हितमा कार्यगर्नेलाई आर्थिक सहित सम्मान


६३३५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ चैत्र १, मंगलबार मा प्रकाशित २ साल अघि
  • आइ.आर.के.मैनाली
    काभ्रे,चौरीदेउराली/विगतमा काभ्रेको दुर्गम स्थानको रुपमा परिचित काभ्रेको चौरी देउराली हाल आएर सुगमको रुपमा परिचित भएको छ ।

    पछिल्लो पाँचबर्षको अवधिमा भएको बिकास निर्माणको कार्यले गर्दा चौरीदेउराली गाउंपालिका जिल्लाकै विकास निर्माण कार्यमा अब्बल सावित भएको छ । दिनानाथ गौतमको नेतृत्वमा रहेको गाउंपालिका जनप्रतीनिधिहरुको प्रयासमा विकास निर्माणले ठुलो फड्को मारेको हो ।

    विगतमा पिउने पानी समेत नपाएर काकाकुलको अवस्था भोग्दै आएका स्थानियले हाल आएर एक घर एक धाराको अवधारणा अनुसार छताछुल्ल पानी उपभोग गर्दैछन् । दोलालघाट बजारबाट थाप्लोमा नाम्लो लगाएर दैनिक उपभोग्य सामाग्री बोक्दै आएका स्थानियहरु टोलटोलमा यातायातको साधनले सुबिधा दिई रहंदा दंग छन् । ३५ रोपनि क्षेत्रफलमा निर्माण भएको जिल्लाकै ठुलो खेल मैदानमा खेलकुदका कार्यक्रममा रमाउंदै युवाहरु । सामान्य सिटामोलको लागि दोलालघाट सम्म आउनु पर्ने अवस्थाको अन्त्य गर्दै गाउंमै अस्पताल निर्माण गरी र्दुइ डाक्टरले २४ घण्टे सेवा दिदै विरामी सुबिधाको लागि एम्बुलेन्स दौडदै गरेको अवस्थालाई स्थानिय बृद्धा बृद्धहरु भन्नुहुन्छ सपनामा पनि नभएको कुरा विपनामै देखियो ।

    जिल्लाका सुगम स्थानहरुमा दिनमा ५÷७ पटक बत्ति झ्याप झ्याप जाने गर्छ तर चौरीदेउरालीमा गुणस्तरीए विद्युत सेवा पाउंदा हर्सित भएका छन् स्थानिएहरु । ठाउठाउमा निशुल्क—वाईफाइको सेवा लिन पाउंदा दंग छन् युवाहरु । गुणस्तरीए शिक्षाको लागि पोका पुन्तुरो बोकेर शहर धाउनु पर्ने अवस्थाको अन्त्य गर्दै प्रबिधिक शिक्षा साथै उच्च शिक्षा अध्ययनको लागि शहरमा नपाएको सुबिधा चौरीदेउरालीमा पाएका छन् विद्यार्थीले ।

    विगतमा गुर्गम स्थान भन्दै कोशिपारीलाई वाई गर्दै वसाईसराई जानेहरु हाल आएर पछुताउंदै छन्, त्याँहाको विकास निर्माणको अवस्थालाई हेर्दै । पुन कोशिपारीमै फर्कन खोज्दापनि जग्गा किन्न पाउने अवस्था कमिनै देखिन्छ । जग्गा बेच्न कोही चाहंदैनन् जसको कारण किनबेच नै छैन । सिंचाईको लागि ठाउंठाउंमा पोखरी निर्माण गर्दा हरियाली छाएको छ । कृषकहरुले उत्पादन गरेको ताजा तरकारी, दलहन, तेलहन, फलफुल खेतखेतबाटै व्यापारीहरुले संकलन गरी ३ घण्टामा काठमाडौको प्रमुख व्यापारीक केन्द्रमा पुग्छ ।

    मुलुकमा संघिय व्यवस्था लागुभएपछि काभरेको कोसिपारीमा विकास निर्माणको फड्कोले काभ्रेमा रहेको १३ स्थानिय तहलाईनै पछि पार्न सफल भएको छ । जिल्लाको सदरमुकामा रहेको नगरपालिका,जिल्लाको पहिलो नगर साथै प्रमुख व्यापारीक केन्द्रको रुपमा रहेको नगरपालिका, जिल्लाकै ऐतिहासिक धरोहरको रुपमा रहेको नगरपालिका लगाएतका स्थानिय तहले गरेको बिकास निर्माणको तुलनामा धेरै बिकास निर्माण भएको छ चौरी देउरालीमा स्थानिएहरुको भनाई छ ।

    “हाम्रो चौरी गाउंपालिका, राम्रो गाउंपालिका”मा रुपान्तरण गर्न सफल भयो, हामीले दिएका मत खेर गएन,आगामी निर्वाचनमा पनि हाम्रो मत खेर जाँदैन पालिकाको हितमा काम गर्नेलाई जिताउंछौ स्थानिय श्याम गौतमले बताउनु भयो ।
    गाउंपालिकाको हितको खातिर अहोरात्र खट्ने कर्मचारीहरुलाई गाउंपालिकाको ९ औं गाउँसभाको अवसरमा नगद १० हजार कदर पत्र सहितले सम्मान गरीएको छ । सम्मानित हुनेहरुमा प्रमुख प्रशासकिय अधिकृत महानदास तामाङ र कर्मचारीहरुमा टंक चौलागाई, मालिका खड्का, मलिना च्याम्लिङ, गोविन्द लम्साल, प्रमिला गौतम र गोविन्द लम्साल रहनु भएको छ । जनप्रतिनिधिहरुको ५ वर्षे कार्यकालको अन्तिम गाउँसभाको रुपमा सोमबार गाउँपालिकाको सभाहलमा सम्पन्न भएको कार्यक्रममा गाउंपालिकामा भएका राम्रा नराम्रा साथै अधुरो कामहरुको समिक्षा समेत गरिएको थियो ।

    गाउँसभामा गाउँपालिका अध्यक्ष दिननाथ गौतम, उपाध्यक्ष ताराकुमारी चौंलागाईं, गाउंपालिका प्रवक्ता एवं वडा नं ३ का वडा अध्यक्ष विनोद घिसिङ्ग, वडा नं १ का अध्यक्ष राजु आले, वडा नं २ का अध्यक्ष दिनेश लामा, वडा नं ५ का अध्यक्ष राजकुमार गौतम, वडा नं ६ का अध्यक्ष रेसम चौलागाई, वडा नं ७ का अध्यक्ष विरवल लामा र वडा नं ८ का अध्यक्ष धन वहादुर तमाङ समेतले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको कार्यन्वयनको क्रममा ०७४ सालमा सम्पन्न भएको निर्वाचनबाट चौरीदेउराली गाउंपालिकामा निर्वाचित जनप्रतीनिधिहरुले जनतासँग गरेको प्रतिबद्धताहरु एक–एक गरी पूरा गरेको वताउनु भएको थियो ।

    समिक्षको क्रममा गाउंपालिका अध्यक्ष दिनानाथ गौतमले विगतमा जनतासंग मज माग्दा गरेको बाचा ९० प्रतिशत प्रतिबद्धता पूरा भएको बताउनु भयो । निर्वाचनमा होमिदै गर्दा आफ्नो पार्टीले जारी गरेको प्रतिबद्धता पत्रमा जे—जे उल्लेख गरिएको थियो सो पुरा भएको ठोकुवा गर्नुभयो । ‘जनताको आधारभूत आवश्यकता पूरा गर्न सकेका छौं, सबै क्षेत्रको पूर्वाधार निर्माण गर्न हामी सफल भएका छौं ।’

    गाउँपालिकाले लिएको ‘एक घर एकधारा’ नीति सम्पन्न भएको, हरेक शैक्षिक संस्थामा अत्याधुनिक भवनहरु निर्माण भएको, जिल्लामै सबैभन्दा लामो सडक पिच भएको, जिल्ला मै पहिलो १५ शैयाको अस्पताल निर्माण भएको, हरेक टोल–टोलमा सडक पुगेको र बाह्रै महिना यातायात सूचारु भएको, पर्यटन विकासका लागि अगि बढ्नुका साथै भ्यूटावर निर्माण, विभिन्न धार्मिक स्थलहरुको विकास र सम्बद्र्धनका कार्यहरु भएको छ, जिल्लाकै ठुलो खेलमैदान निर्माण भएको, कृषि र पशुपालनमा उल्लेख्य कार्यहरु भएको छ । त्यसैगरी शिक्षालाई सिप र सिपलाई रोजगारसँग जोड्नका लागि गाउँपालिकाले प्रविधिक शिक्षामा जोड दिएको अध्यक्ष गौतमले बताउनु भयो । ‘हामीले शिक्षालाई सिपसँग र सिपलाई रोजगारसँग जोड्नका लागि प्राविधि शिक्षामा जोड दियौं ।’ ४ वटा विद्यालयमा विभिन्न प्राविधिक शिक्षा सञ्चालनमा छ । विद्यार्थीहरुलाई प्राविधिक शिक्षातिर आकर्षित गर्नका लागि हरेक शुल्कमा ५० प्रतिशत छूट दिने गरेका छौं ।’ संघ, प्रदेश र गाउँपालिकाको आयोजनाहरुको बजेट कहिल्यैपनि फ्रिज हुन दिएका छैनौं ।

    कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष ताराकुमारी चौलागाईंले ५ वर्षभित्रमा आफ्नो पार्टीले जारी गरेको प्रतिबद्धता पत्र, जनताको आवश्यकता र माग अनुसार विकास निर्माणको योजनाहरु बनेको र कार्यन्वयन गरेको बताउनु भयो । आफूहरुले निर्वाचन जितेर आउनेक्रममा ६ जना कर्मचारीबाट सेवा प्रवाह गर्न शुरु गरेको स्मरण गर्दै उपाध्यक्ष चौंलगाईंले विकास निर्माणमा कर्मचारी र जनप्रतिनिधिको एकताको कारण चौंरीदेउरालीमा विकासले फड्को मारेको हो ।

    संविधानले न्यायिक समितिको जिम्मा दिएको बताउँदै जनताको घरदैलोमै पुगेर समस्या समाधान गरेको बताउनु भयो । ‘जनताको घरदैलोमै पुगेर हामीलाई दिएको अधिकार क्षेत्रभित्र रहेर जनताको समस्या समाधान गरेका छौं ।’ ‘हामीले एउटा पनि मुद्दा अदालतमा वा अन्य निकायमा पठाउने काम गरेनौं । यहीं समाधान गर्ने गरेका छौं ।’ समाजमा महिलाले केही गर्न सक्दैन भन्ने कुराको भ्रम आफू उपाध्यक्ष भएपछि तोडेको बताउनु भयो । कतिपय पालिकाहरुमा अध्यक्षले उपाध्यक्षलाई हेपेको घट्नाहरु बाहिर नै आएको छ । तर हाम्रो गाउँपालिकामा त्यस्तो कहिल्यै पनि भएन । मलाई अध्यक्षज्यूबाट धेरै सहयोग मिलेको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार