आइ.आर.के.मैनाली
काभ्रे,मण्डनदेउपुर । काभ्रेको मण्डनदेउपुर नगरपालिकामा आधारभुत स्वास्थ्य सेवाको लागि अस्पतालको उद्घाटन भएको छ । सो अस्पतालमा विकसित मुलुकका नागरीकले पाउने भन्दा गुणस्तरिय सेवा उपलब्ध गराउनको लागि प्रयास गरिएको छ ।
प्रदेश सरकार र मण्डनदेउपुर नगरपालीकाको साझेदारीमा १० करोड ५७ लाख २७ हजार ७३२ को लागतमा अस्पतालको सुविधा सम्पन्न भवन निर्माण भएको हो । नगरपालिकाले १५ रोपनि जग्गा वयवस्था गरी निर्माण भएको उक्त अस्पतालको लागि स्थानिय दानविरहरुले समेत केही जग्गा दान गर्नुभएको थियो ।
मण्डनदेउपुर र आसपासका जनताहरु सामान्य उपचारको लागि समेत जिल्लाको बनेपा धुलिखेल धाउने पर्ने बाध्यात्मक अवस्थालाई मध्यनजर राख्दै नगरमा मेयर टोकवहादुर वाईवाको पहलमा प्रदेश शरकारबाट साथ मिलेको थियो । सोही आधारमा २०७७ असार १ गते भवन निर्माणको लागि सम्झौता भएको थियो । कोरोनाको महामारीमा समेत स्वास्थ्य मापदण्ड पुरा गरी निर्माण कार्यलाई निरन्तरता दिदा निर्धारित समयभन्दा अगावै निर्माण कार्य सम्पन्न भएको निर्माण व्यवसायीको तर्क छ ।
शुक्रबार सम्पन्न भवन उद्घाटन कार्यक्रममा स्वस्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले मुलुकका सवै स्थानिय तहमा १५ शैयाको अस्पताल बन्ने बताउनु भयो । कार्यक्रममा मन्त्रि खतिवडाले १५ शैयाको अस्पताल नभएका स्थानिय तहले तत्काल कानुनी प्रकृया पुरागरी बजेट माग गर्न सुझाव दिनुभयो । जेष्ठ नागरिकहरुको संरक्षण एवं सम्मानको खातिर नेपालको मध्यभागमा जेष्ठ नागरीक अस्पताल निर्माण हुने जुन अस्पतालमा जेष्ठ नागरिकको निःशुल्क उपचार हुने बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि मन्त्री खतिवडाले जनताले चुनेका जनप्रतीनिधिको दायित्व जनताको समस्या समाधान गर्ने हो । सोही अनुसार मण्डनदेउपुर नगरपालिकाका मेयर टोकवहादुर वाईवा लगाएतका जनप्रतीनिधिले जनताको प्रमुख समस्याको रुपमा रहेको अस्पताल निर्माण गरेकोमा खुसि व्यक्त गर्दै अस्पताल सञ्चालनको लागि आफुले पुर्ण रुपमा साथ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा बिषेश अतिथि बाग्मती प्रदेशका स्वाथ्य मन्त्रि निमा लामाले ग्रामिण बस्तिहरुमा बसोबास गर्ने जनताहरुको सहज उपचारको लागि सञ्चालनमा आएको मण्डनदेउपुर आधारभुत अस्पतालमा दिने सेवा विकसित मुलुकका नागरिकले पाउने भन्दा गुणस्तरीय ढंगको दिनुपर्ने बताउनु भयो । सो ढंगको सेवाको लागि प्रदेश सरकारको तर्फबाट गर्नुपर्ने सम्पुर्ण सहयोग गर्न आफु तयार रहेको बताउनु भयो । स्वास्थ्य सेवाको क्षेत्रबाट आम नागरिकलाई संघिएताको अनुभुति दिलाउनु पर्नेभएकोले सरकार सोही ढंगबाट अगाडी बढेको बताउनु भयो । कार्यक्रममा मन्त्री लामाले मण्डनदेउपुर आधारभुत अस्पतालको लागि प्रदेश सरकारको तर्फबाट साथ सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
त्यसैगरी कार्यक्रममा मण्डनदेउपुर नगरका प्रमुख टोक वहादुर वाईवाले नगरवासिको संरक्षण गर्नु आफ्नो दायित्व रहेको बताउंदै नागरिकको जिवन रक्षाका लागि नगरपालिकाले पहिलो प्राथमिकता स्वास्थ्य र शिक्षामा दिएको हो । नगरवासिको चेतना बृद्धि साथै स्वास्थ्य संरक्षण गर्ने आफ्नो दायित्व भएकोले सोही ढंगबाट अगाडी बढेको बताउनु भयो ।
कार्यक्रममा मेयर वाईवाले ०७४ को निर्वाचनमा होमिदै गर्दा नगरवासि जनताहरुसंग आफुले गरेको वाचाहरु एक पछि अर्को गर्दै पुरा गरेको बताउनु भयो । नगरवासिहरु अव उपचारको लागि कुम्लो कुटुरो बोकेर शहर धाउनु पर्ने बाध्यात्मक अवस्थाको अन्त्य भएको बताउनु भयो । १५ रोपनि क्षेत्रफलमा फैलिएको सुबिधा सम्पन्न भवन निर्माण भएको छ, सो भवनबाट गुणस्तरीय २४ घण्टे स्वास्थ्य सेवा दिने वातावरण मिलाउने बताउनु भयो ।
नगरपालिकाले २८ रोपनि जग्गा व्यवस्था गरी नगरको प्रशासनिक भवन निर्माण गर्ने कार्य तिब्र गतिमा बढेको छ । चैत्र महिना भित्रै नगरले प्रदान गर्ने सवै सेवा सोही भवनबाट प्रदान गर्ने बताउनु भयो । नगरवासिको हितको खातिर कार्य गर्ने आफ्नो दायित्व भएकोले निरन्तर रुपमा कार्य गर्दै जाने बताउनु भयो । प्रदेश सरकार र मण्डनदेउपुर नगरपालिकाको साझेदारीमा निर्माण भएको मण्डनदेउपुर आधारभुत अस्पताल निर्माणको लागि १० करोड ५७ लाख २७ हजार ७३२ खर्च भएकोमा नगरपालिकको तर्फबाट ३ करोड २६ लाख ३९ हजार ५५१ वजेट व्यवस्था गरेको थियो ।
उद्घाटन कार्यक्रममा प्रदेश सांसद लक्ष्मण लम्साल, संबिधानसभा सदस्य कृष्णप्रसाद सापकोटा, संबिधानसभा सदस्य जनार्जन ढकाल,प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, जिल्ला स्वास्थ्य प्रमुख पुरुषोत्तम सेडाई, नेपाली काग्रेस मण्डनदेउपुर सभापति काष्यप पौडेल, एमाले मण्डनदेउपुर अध्यक्ष शेयर वहादुर डोटेल, माओवादी मण्डनदेउपुर अध्यक्ष निरञ्जन बिष्ट, नेकपा समाजबादी मण्डनदेउपुर अध्यक्ष गोकुल गौतम, नेमकिपा मण्डनदेउपुर अध्यक्ष कृष्ण वहादुर तमाङ, राप्रपा नेपाल मण्डनदेउपुर अध्यक्ष तिलक तमाङ लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा आगन्तुकहरुलाई मण्डनदेउपुर नगरका प्रबक्ता डिल्लिप्रसाद आचार्यले शब्द द्वारा स्वागत गर्नुभएको थियो भने कार्यक्रम संञ्चालन नगरका प्रमुख प्रशासकिय अधिकृत श्रीधर केसीले गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस