२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

एमाले धुलिखेलमा भुईचालो, एमालेका हस्तिहरु कांग्रेसमा


६२७१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ चैत्र ९, बुधबार मा प्रकाशित २ साल अघि
  • काभ्रे,धुलिखेल । निर्वाचन नजिकदै गर्दा नेकपा एमाले धुलिखेलमा भुईचालो गएको छ । काभ्रे जिल्लाको सदरमुकाम रहेको धुलिखेल नगरपालिका एमालेको राम्रो पकट नगरको रुपमा परिचित थियो । अन्तत एमालेका संगठन निर्माताहरुले मार्ग परिवर्तन गरेपछि धुलिखेल एमालेको अवस्था खस्किएको हो ।

    ०७४ को स्थानिय तहको निर्वाचनमा नेकपा एमालेले धुलिखेल नगरपालिकामा राम्रो मतान्तरका साथ निर्वाचित भएपछि संगठन बिस्तार हुनुभन्दा संगठनमा टुटफुट आउंदै गरेको एमालेहरुको भनाई रहेको छ । पार्टी संगठनको अवस्थाको बारेमा आन्तरिक रुपमा चिसिदै गएको अवस्थामा भएको एमाले जिल्ला अधिवेशनमा धुलिखेल नगरका मेयर अशोक व्याञ्ज्युको व्यवहारले गर्दा एमालेका पुराना नेता तथा कार्यकर्ताहरु रुस्ट भएको थिए ।

    पुर्व मन्त्रि गोकुल बास्कोटाको योजनामा व्याञ्जु निविरोध रुपमा जिल्ला अध्यक्ष भएका थिए भने अन्य पदका लागि निर्वाचन गराईएको थियो । गोकुल र अशोकको डिजाईनमा आफुनिकटलाई निर्विरोध गराएर अन्यलाई निर्वाचनको मैदानमा होमेर छानि छानि हराएको एमालेका पुराना नेता तथा कार्यकर्ताहरुको भनाई रहेको छ ।

    धुलिखेल मेयर अशोक व्याञ्जुको डिक्टसिपले पार्टी तथा नगरको हित नहुने ठहर गर्दै एमालेका संगठन निर्माताहरुनै एमाले परित्याग गर्दै बाहिरिएका छन् । आज (बुधबार) नेपाली काँगे्रसले एक कार्यक्रमको आयोजना गरी एमाले पार्टी परित्याग गरि काँगे्रसमा प्रवेश गर्नेहरुलाई भव्यढंगबाट स्वागत गरिएको थियो ।

    एमालेको संगठन निर्माताको रुपमा परिचित एमालेबाट जि.वि.स सदस्यमा पुर्व निर्वाचित,हाल नेकपा एमाले प्रदेश कमिटि सदस्य, भूमि आयोग काभ्रेका पुर्व अध्यक्ष लगाएतको जिम्मेवारी सम्हालदै आउनु भएका रामकृष्ण हुमागाई, नेकपा एमालेबाट निर्वाचित पुर्व गा.बि.स अध्यक्ष, जिल्ला कमिटि सदस्य, किसान महाँसंघ सदस्य साथै हाल नेकपा एमालेका काभ्रे जिल्ला कमिटि सल्लाहकार साधुराम बडाल, नेकपा एमालेबाट निर्वाचित पूर्व गा.बि.स अध्यक्ष बिष्णु बहादुर बस्नेत, नेकपा एमालेबाट निर्वाचित वडा सदस्य उपेन्द्र हुमागाई, एमालेबाट निर्वाचित पुर्व वडा अध्यक्ष दामोदर तिमल्सिना, एमालका तर्फबाटे धुलिखेल कार्यपालिका सदस्य जर्जुन भुजेल, एमाले नगर कमिटि सदस्य यादव गौतम लगाएत २ सय नेता तथा कार्यकर्ताले एमाले परित्याग गरी नेपाली काँगे्रसमा प्रवेश गरेका छन् ।

    नव प्रवेशि नेता तथा कार्यकर्ताहरुलाई नेपालि काँगे्रसका नेता प्रकास शरण महत, ने.का काभे्रका सभापति तिर्थ लामा, ने.का केन्द्रिय सदस्य गण्ेश लामा, ने.का प्रदेश समितिका महाँमन्त्रि कञ्चन चन्द वादे, ने.का प्रतिनिधि सभा क्षेत्र नं २ का सभापति एवं पाँचखाल नगरका मेयर महेश खरेल, ने.का जिल्ला उपसभापति रमेश हुमागाई लगाएतका नेताहरुले नव प्रवेशीहरुलाई स्वागत गरेका थिए ।

    एमोलेका अध्यक्ष एवं धुलिखेल नगरका मेयर अशोक व्याञ्जुको व्यवहारबाट वाक्क भएका धेरै एमालेहरु मौन रहेको बिश्लेसकहरुको भनाई रहेको छ । २०७४ को निर्वाचनमा ७९८१ मत हासिल गरि निर्वाचित भएका अशोकका प्रतिद्वन्दि ने.का का रमेश हुमागाईले ५४०८ मत हासिल गरी पराजय व्यहोर्नु परेको थियो । एमाले धुलिखेलमा गएको भुकम्पले गर्दा आगामि निर्वाचनमा एमालेले नतिजा राम्रो नहुने पकका पक्कि भएको छ ।

    एमाले पार्टी परित्याग गरी नेपाली काँगे्रसमा प्रवेश गरेका नेकपा एमालेका हस्तिहरुलाई कसरि कुन स्थानमा सम्मानित पद दिएर राख्ने बिषय ने.काको लागि चुनौतीको बिषय रहेको छ । नव प्रवेशिहरुलाई चित्त बुझ्दो ढंगको जिम्मेवारी दिन नसके नवप्रवेसीहरु साथै ने.का लाई निकै समस्या पर्न सक्ने देखिन्छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार