२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

गैर सरकारी संस्थाले सरकारको धज्जी उडाउन पाइन्नःकेसी, अपाङ्ग बाल अस्पताल बनेपा नगरको गहना होःवादे


४६३६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ चैत्र २९, मंगलबार मा प्रकाशित २ साल अघि
  • आइ.आर.के मैनाली
    काभ्रे । काभ्रे जिल्लामा रहेको विभिन्न संस्था मध्यको उत्कृष्ट कार्य गर्न सफल एको संस्था अपाङ्ग बाल अस्पताल हो । उक्त संस्थाको योगदानको कारण ठुलो संख्यामा बालबालिकाले पुनर जिवन पाएका छन् ।

    उक्त भनाई जिल्ला समन्वय समितिका प्रमुख उद्दव केसीले अपाङ्ग बाल अस्पताल तथा पुनरस्थापन केन्द्रको आयोजनामा काभ्रे जिल्ला स्तरीय परियोजना सल्लाहकार समितिको बैठकको क्रममा बताउनु भएको हो ।

    कार्यक्रमका प्रमुख अतिथि के.सीले थप्नुभयो—अपाङ्ग बाल अस्पताल तथा पुनरस्थापन केन्द्रले धेरै राम्रो कार्य गरेको छ, तर त्यती धेरै राम्रो कार्य गर्ने संस्थासंग ग्रामीण स्वास्थ्य र शिक्षा सेवा केन्द्र (रेष्ट) मिसिनु त्यति राम्रो हैन । गैर सहकारी संस्था भनेको सरकारको प्रतीनिधिको रुपमा कार्य गर्ने संस्था हो, तर त्यस्ता कतिपय संस्थाहरुले समाजमा विद्रोह फैलाउने डंगको कार्य गर्नु निन्दनिए छ । संस्थाहरुले कार्य गर्ने क्रममा ग्रामिण बस्तिमा पुगेर सरकारले गरेको कार्यको धज्जी उडाउन खोज्नु राम्रो हैन ।

    कार्यक्रममा बनेपा नगरका प्रमुख लक्ष्मी नरसिंह वादेले भन्नुभयो— अपाङ्ग बाल अस्पताल तथा पुनरस्थापन केन्द्र बनेपाको गहना हो । यस्तो गहनालाई के कसरी संरक्षण तथा सजावट गर्ने भन्ने बिषयमा नगरपालिको सोचेको छ । बनेपाको गहनाको रुपमा रहेको संस्थाले काभ्रे र आसपासको क्षेत्रमा मात्रै नभएर देशका बिभिन्न स्थानमा सेवा दिदै लाखौ बालबालिकाको पुनर जन्म दिने कार्य गरेर नेपाललाई अन्तराष्ट्रिय स्तरमा परिचित गराउने कार्य गर्दै आएकोमा खुसि व्यक्त गर्नुभयो । बाल अस्पतालसंग सहकार्य गर्दै अगाडी बढेको “ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी”(रेष्ट) ले गर्दै आएको कार्य सन्तोष जनक नरहेको गुनासो गर्दै काम गरेको पुर्ण जानकारी नहुन्दा सम्म सिफारीस नदिने बताउनु भयो । “स्थानिय तहबाट सिफरीस लिने अनि व्यपत्ता हुने एनजिओ,आइएनजिओले सामाजिक हितमा कार्य नगर्ने भएकोले त्यस्ताको निगरानी राख्नुपर्छ ।” नगरप्रमुख वादेले भन्नुभयो ।

    अपाङ्ग वाल अस्पतालका प्रतीनिधि रुद्र प्रसाद सापकोटाले सञ्चालन गरेको कार्यक्रममा अस्पतालका प्रतीनिधि प्रकाश यादवले ३६ बर्ष अगाडी सञ्चालन भएको अस्पतालले हाल सम्म गरेको उपलब्धीहरुको बारेमा प्रस्ट्याउनु भएको थियो भने कार्यक्रमको सभापतित्व डा.विजय श्रेष्ठले गर्नुभएको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार