२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

पाँचखाल उम्मेदवारी फिर्ताले कार्यकर्ताहरुमा नैरास्यता, काँगे्रसले फिर्ता लिएका उम्मेदवार सहितका कार्यकर्ताहरु एमालेमा प्रवेश—भिडियो सहित


४८९६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ बैशाख १७, शनिबार मा प्रकाशित २ साल अघि
  • काभ्रे,पाँचखाल । पाँचखाल नगरको स्थानिय तहको निर्वाचनको लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरु मध्य नेपाली काँगे्रसका नि—बर्तमान पाँचखाल नगर सभापति उपमेएरका स्वतन्त्र उम्मेदवार गणेश प्रसाद अधिकारी समेत ३४ जना उम्मेदवारको उम्मेदवारी फिर्ता भएको छ ।

    उम्मेदवारी फिर्ता भएसंगै कार्यकर्ताहरुमा नैरास्यता पैदा भएको छ । जसका कारण कति पय कार्यकर्ताहरु निस्कृय भएका छन् त कतिपयले पार्टी परिवर्तन गर्ने क्रम सुरुभएको छ । नेपाली काँगे्रसका तर्फबाट वडा सदस्यको उम्मेदवारी दर्ता भई सहमतिको नाउमा फिर्ता हुनुपरेका बिशाल दनुवारको नेतृत्वमा १५ जना काँगे्रस कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् ।

    नेकपा एमालेको काभे्र इञ्चार्ज तथा पुर्व सञ्चार मन्त्रि गोकुल बाँस्कोटाको नेतृत्वमा पाँचखाल वडा नं ६ पिपल्टारमा भएको घरदैलो कार्यक्रममा ने.क.पा क्रान्तिकारी जिल्ला कमिटि सदस्य शिमराज दनुवारको नेतृत्वमा २५ जना कार्यकर्ताहरु एमालेमा प्रवेश गर्नुभएको छ । नव प्रवेशीहरुलाई पुर्व मन्त्रि गोकुल बाँस्कोटा, नेकपा एमाले पाँचखाल नगर कमिटिका अध्यक्ष बिष्णुहरी पौडेल , मेयरका उम्मेदवार कञ्चन अधिकारी, उप मेयरका उम्मेदवार सुर्यमायाँ दनुवार लगाएतका नेताहरुले टिका माला लगाएर स्वागत गर्नुभएको थियो ।

    नेपाली काँगे्रसंग भएको सहमतिको आधारमा नेकपा माओवादीले वडा नं ४,८,९,१० र ११ बाट पुरै सेट फिर्ता गराएको छ । जसको कारण नेपाली काँगे्रका वडा स्तरका उम्मेदवारहरुलाई सहज भएको छ । तर नेपाली काँगे्रसको तर्फबाट माओवादीसंग भएको सहमति अनुसार कुनैपनि वडामा उम्मेदवारी फिर्ता नलिदा माओवादी कार्यकर्ता विच तरंग पैदा भएको छ ।

    नेपाली काँगे्रसले नेकपा एकिृत समाजवादीसंग भएको सहमतिको आधारमा पाँचखाल वडा नं ६ मा कागे्रसको पुरै सेट फिर्ता गराएको छ । सो वडामा सहमतिकै आधारमा नेकपा माओवादीले उम्मेदवारी दर्ता गराएको थिएन । ६ नं वडामा नेकपा एकिकृत समाजवादीका रामशरण दुलाल, नेकपा एमालेका बरुण ढंगाना र रा.प्र.का रामवहादुर दनुवार विच वडा अध्यक्षको लागि चुनावी मैदानमा हुनुहुन्छ ।

    क—कस्ले फिर्ता गराए उम्मेदवारी ?

    उम्मेदवार फिर्ता लिनेहरुमा नेपाली काँगे्रसका नि—बर्तमान पाँचखाल नगर सभापति उपमेएरका स्वतन्त्र उम्मेदवार गणेश प्रसाद अधिकारी , स्वतन्त्र उम्मेदवार पाँचखाल नगरपालिका वडा नं ३ का वडा अध्यक्षको उम्मेदवार, नेकपा एकिकृत समाजबादीको तर्फबाट पाँचखाल वडा नं ४ मा वडा सदस्य उम्मेदवार शिव वहादुर दनुवार , पाँचखाल वडा नं २ मा वडा सदस्य उम्मेदवार कृष्ण वहादुर श्रेष्ठ, पाँचखाल वडा नं ३ वडा सदस्य रामप्रसाद अधिकारी समेतले उम्मेदवारी फिर्ता लिएका छन् ।

    त्यसैगरी नेपाली काँगे्रसको तर्फबाट पाँचखाल वडा नं ६ मा वडा अध्यक्ष उम्मेदवार हरिप्रसाद दुलाल, दलित महिला सदस्य वेली मिजार, सदस्य कान्छि कायष्ठ, सदस्य विशाल दनुवार र सदस्य प्रदिप पौडेलले उम्मेदवार फिर्ता लिएका छन् ।

    त्यसैगरी नेकपा माओवादी केन्द्रका तर्फबाट पाँचखाल वडा नं ४ का वडा अध्यक्ष उम्मेदवार धरसमान तमाङ समेत सदस्यहरुमा लक्ष्मी श्रेष्ठ, नवराज चौलागाई र ज्ञान वहादुर तमाङ, रहेका छन् । वडा नं ८ का वडा अध्यक्ष सुरज लामा समेत वडा सदस्यहरु लेख वहादुर लामा, राजकुमार दवाडी, राम मायाँ तमाङ र नारायणि नेपाली रहेका छन् । वडा नं ९ का वडा अध्यक्ष महेश कुमार खड्का समेत सदस्यहरु राजाराम थापा, सन्तकुमारी श्रेष्ठ, लाल वहादुर सार्की, शर्मिला विश्वकर्मा रहेका छन् । वडा नं १० का वडा अध्यक्ष बद्री प्रसाद पराजुली समेत वडा सदस्यहरु रमेश प्रसाद चौलागाई, ऋषि त्रिपाठी, नन्द मायाँ पुर्कुटी,अनिता तिमल्सिना रहेका छन् । वडा नं ११ का वडा अध्यक्ष अच्युत सेढाई समेत वडा सदस्य इन्द्र वहादुर लामा रहेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार