काभ्रे,बनेपा । काभ्रेको पहिलो नगरपालीक बनेपा नगरपालिकाका मेयर लक्ष्मि नरसिं वादे श्रेष्ठद्वारा नेकपा ( एमाले) परित्याग गर्नु भएको छ ।
एमालेका नेता एवं पुर्व सञ्चार मन्त्री गोकुल बाँस्कोटा र बनेपा नपामा एमालेको मेयर उम्मेदवार रत्नकुश रन्जितको चरित्र तथा क्रियाकलापहरुको भण्डाफोड र आलोचना गर्दै एमालेको साधारण सदस्यतावाट समेत राजीनामा दिएको घोषणा गर्नु भएको हो ।
मेयर वादेले आज आयोजित पत्रकार सम्मेलनको आयोजना गरी पुर्व मन्त्री बाँस्कोटाले झुक्याएको सविस्तार विवरण सुनाउनु भयो । रत्नकुश रन्जितको एमाले टिमलाई मत नदिन आह्वान गर्दै आउँदो सोमवार नपाको मेयरवाट पनि राजीनामा दिने घोषणा गर्नु भयो ।
प्रतिक्रिया दिनुहोस