२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

धुलिखेलमा कांग्रेसले खोल्यो खाता,मेयरमा बस्नेतको अग्रता


४६९७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ बैशाख ३१, शनिबार मा प्रकाशित २ साल अघि
  • काभ्रेपलाञ्चोक,धुलिखेल । नेकपा एमालेको वलियो नगरका रुपमा निकै चर्चा रहेको धुलिखेल नगरमा नेपाली कांग्रेसले खाता खोलेको छ भने स्वतन्त्र उम्मेदवार विदुर बस्नेत (नेपाली कांग्रेस धुलिखेल नगर सभापति) को अग्रता रहेको छ ।

    ०७४ को स्थानिय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका रमेश घोरसाईने वडा अध्यक्षमा निर्वाचित हुनुभएको थियो भने नेपाली कांग्रेसले दोस्रो स्थानमा चित्त बुझाउनु परेको थियो ।

    हिजो सम्पन्न निर्वाचनमा धुलिखेल नगरपालिका वडा नं १ (देविटार) मा कुल मत १६०१ रहेकोमा १२६९ जनाले मतदान गर्नुभएको थियो । जसमा नेपाली कांग्रेस तर्फका उम्मेदवार सनतवहादुर लामाले ५७३ मत हासिल गरी निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका तर्फका उम्मेदवार बाबु तमाङले ४६७ मत प्राप्त गरी दोस्रो स्थानमा चित्त बुझाउनु परेको छ ।

    काभ्रेपलाञ्चोक्र जिल्लाको धुलिखेल नगको मेयरमा कस्ले वाजी मार्लान भन्ने निकै चासो जिल्लावासिलाई रहेको छ । सत्ता पक्षहरुविच भएको गठबन्धनको सहमति अनुसार मेयरको लागि एकिकृत समाजबादीको भागमा परेको थियो । एकिकृत समाजबादीबाट दयासागर श्रेष्ठले मेयरको लागि उम्मेदवारी दिएपछि नेपाली कांग्रेसले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको थियो । धुलिखेल वडा नं १ को मत परिणाम अनुसार स्वतन्त्र उम्मेदवार विदुर बस्नेतले ५७२ तम प्राप्त गर्दै पहिलो हुन सफल हुनुभएको छ भने एमालेका उम्मेदवार अशोक व्याञ्जुले ४६७ तम प्राप्त गर्दै दोस्रो स्थानमा चित्त बुझाउनु परेको छ ।
    त्यसैगरी नेपाली कांग्रेसका तर्फबाट उप—मेयर उम्मेदवार निराजन जंगमले ५८७ मत प्राप्त गर्दै पहिलो हुन सफल हुनुभएको छ भने नेकपा एमालेका तर्फबाट उप—मेयरको उम्मेदवार लालतारा अधिकारीले ४८२ मत प्राप्त गरी दोस्रो स्थानमा चित्त बुझाउनु परेको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार