२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

धुलिखेल वडा नं ४ मा काँग्रसको जित, एमालेका अशोक ब्याञ्जुको अग्रता कायमै


४४६६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ जेष्ठ १, आईतबार मा प्रकाशित २ साल अघि
  • १ जेठ, काभ्रेपलाञ्चोक । काभ्रेको धुलिखेल नगरपालिका वडा नं ४ मा नेपाली काँगे्रसका उम्मेदवार उत्तम तिमल्सिनाको पुरै टिम निर्वाचित हुनुभएको छ ।

    निर्वाचित तिमल्सिनाले ६९९ मत प्राप्त गर्नुभएको छ भने उहाँको प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवारले ६०५ मा प्राप्त भएको छ । तिमल्सिना निर्वाचत भएसंगै नेपाली काँगे्रसले दुइ (धुलिखेल १ र ४) वडा र नेकपा एमालेले दुई (धुलिखेल २ र ३ ) वडामा निर्वाचित हुन सफल भएको छ ।

    मेयरका उम्मेदवार नेकपा एमालेका अशोक ब्याञ्जुको अग्रता निरन्तर रहेको छ । वडा नं ३ सम्मको मत गणनामा राम्रै ४१४ मतले अगाडी रहेकोमा वडा नं ४ को परिणामले २४१ मतले मात्रै अगाडी रहेको छ । वडा नं ४ को मतगणना सम्पन्न हुंदा सम्म व्यञ्जुको २५०४ र स्वतन्त्र उम्मेदवार विदुर बस्नेतको २२६३ प्राप्त गर्नुभएको छ ।

    त्यसैगरी उपमेयरमा एमालेको लालतारा अधिकारीले २५२९ मत प्राप्त गर्नुभएको छ भने उहाँको प्रतिस्पर्धी नेपाली काँगे्रसको तर्फबाट उम्मेदवार निराजन जंगमले २२६५ मत प्राप्त गर्नुभएको छ । वडा नं ५ को मत गणना कार्य सुरुभएको छ, सो वडा एमालेको वलियो वडा मानिएकोले एमालेको पक्षमा राम्रो पाउने बुझिएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार