२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

एक मतले चुनाव जित्ने काभ्रेली भाग्यमानिहरु


४१६५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ जेष्ठ २, सोमबार मा प्रकाशित २ साल अघि
  • काभ्रेपलाञ्चोक । स्थानिय तहको निर्वाचनमा एक मतले चुनाव जित्ने काभ्रेली भाग्यमानिहरु तीन जना रहेका छन् ।

    खानिखोला गाउंपालिका वडा नं १ मा नेकपा माओवादी (केन्द्र) बाट उम्मेदवार बनेका सन्तमान थिङले १ मतले विजय भएका छन् । उनले ५४८ मत प्राप्त गरेका थिए । उनका प्रतिस्पर्धी नेकपा एमालेका आसराम गोलेले ५४७ मत प्राप्त गरेका थिए ।

    तेमाल गाउंपालिका वडा नं १ मा नेकपा एमालेबाट उम्मेदवार बनेका इन्द्रवहादुर अधिकारीले १ मतले विजय भएका छन् । उनले ५३१ मत प्राप्त गरेका थिए भने नेपाली काँगे्रसका तर्फका उम्मेदवार कुलदास तमाङले ५३० मत प्राप्त गरेका छन् ।

    चौरीदेउराली गाउंपालिका वडा नं १ नेपाली कांगे्रसका तर्फबाट उम्मेदवार वनेका सुशिल लामाले १ मतले विजय भएका छन् । उनले ४०२ मत प्राप्त गरेका थिए भने उनका प्रतिस्पर्धी नेकपा माओवादी (केन्द्र) का राजु आलेले ४०१ मत प्राप्त गरेका थिए ।

    ती पालिकाको वडा नं १ मै १ मतको अन्तरमा हार जित भएको छ । जसको कारण निर्वाचनमा १ मतको पनि धेरै महत्व भएको प्रमाणित भएको छ । हालको परिणामले गर्दा आगामी दिनमा हुने निर्वाचनमा एक मतको समेत धेरै महत्व राख्दै मत माग्ने अवस्था सृजना भएको छ ।

    १ मत अपुग भएर नेकपा एमाले, नेकपा माओवादी (केन्द्र) र नेपाली कांगे्रसले हार व्यहोर्नु परेको छ भने संयोग उक्त तीनै दलका उम्मेदवारले १ मतले विजयी भएका छन् ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार