काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिकामा नेपालि कांग्रेसको तर्फबाट मेयर उम्मेदवार महेश खरेल र नेकपा माओवादी (केन्द्र) को तर्फबाट उपमेयरको उम्मेदवार चेतप्रसाद गौतम (मणि) को अग्रता रहेको छ ।
पाँचखाल नगरपालिका वडा नं १३ मा ३० गते निर्वाचन हुदै गर्दा विववाद भईस्थगित भएकोले पुन मतदान कार्य जेष्ठ ३ गते सम्पन्न गरी सोही दिन रातीबाट मत गणना कार्य थालेको थियो ।
पाँचखाल नगरपालिकामा ०७४ को स्थानिय तहको निर्वाचनमा १९२१३ मत खसेको थियो भने ०७९ बैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनमा २३१८१ मत खसेको छ ।
पाँचखाल नगरपालिकाको ४ गते बिहान ७—३० सम्म वडा नं १ र को ४०३ मत गणना भएको मत परिणाम अनुसार मेयर महेश खरेलले (रुख) १८३ मेयर कञ्चन अधिकारीले (सुर्य) १४३ प्राप्त गरेका छन् । त्यसैगरी उपमेयर चेतप्रसाद गौतमले (मणि) (हसिया हतौडा) १६१ र सुर्यमायाँ दनुवारले (सुर्य) १४७ प्राप्त गर्नुभएको छ । वडा नं १ मा सुर्य अगाडी त्यसैगरी वडा नं १ मा वडा अध्यक्षमा सुर्य १४४, रुख १०३, हसिया हतौडा १११ मादल १४ मत प्राप्त गरेका छन् । वडा नं २ मा रुख अघि रहेको छ ।
त्यसैगरी पाँचखाल २ मा २०२ मत गणना हुंदा मेयर रुख (महेश खरेल) १२६, मेयर सुर्य (कञ्चन अधिकारी) ६६, उपमेयर हसिया हतौडा (मणि) ७८, उपमेयर सुर्य (सुर्यमाया दनुवार) ६५ मत प्रप्त गर्नुभएको छ । वडा अध्यक्षमा रुख ९०,सुर्य ५७, हसिया हतौडा ४२ मत प्राप्त भएको छ । दुवै वडा जोड्दा मेयर रुख ३०९, मेयर सुर्य २०९, उपमेयर हसिया हतौडा २३९ र उपमेयर सुर्य २१२ मत प्राप्त भएको छ ।
प्रतिक्रिया दिनुहोस