२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

काभ्रेमा पालिका प्रमुख महिला, संविधानसभा सदस्य पालिका प्रमुखमा निर्वातिच, चौरीदेउरालीमा विराशत कायमै


९६०० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ जेष्ठ ५, बिहिबार मा प्रकाशित २ साल अघि
  • आई.आर.के मैनाली
    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको चौरीदेउराली गाउँपालिकामा जिल्लामै पहिलो महिला प्रमुखको स्थान ओगट्दै माओवादी (केन्द्र) का उम्मेदवार रेणुका चौलागाँई पालिका प्रमुखमा निर्वाचित हुनुभएको छ ।

    माओवादी (केन्द्र) को रोल्पा पछिको उद्गम स्थलको रुपमा परिचित काभ्रेको चौरीदेउराली गाउँपालिकामा पार्टी विरासत कायमै राख्न सफल हुनुभएको छ चौलागाँई ।

    तत्कालीन संविधानसभा सदस्य रेणुका चौलागाईं चौरीदेउराली गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुदै गर्दा उहाँको निकटतम प्रतिस्पर्धी एमालेका जितराम लामालाई ७ सय ६५ मतले पछि पार्दै गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार चौलागाईं अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

    रेणुकाले ६ हजार २ सय २८ मत प्राप्त गर्नुभयो भने एमालेका लामाले ५ हजार ४ सय ६३ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी उपाध्यक्षमा सत्ता गठबन्धनतर्फका उम्मेदवार कांग्रेसका शेरबहादुर लामा विजयी हुनुभएको छ । लामाले ७ हजार २ सय १९ मत प्राप्त गर्नुभयो भने निकटतम प्रतिस्पर्धी एमालेकी बबिता खरेल ले ३ हजार ५ सय ४९ मत प्राप्त गर्नुभयो । चौरीदेउराली गाउँपालिकाका ९ वडामध्ये माओवादीले वडा नं ३, ४, ५, ८, ९,र कांग्रेसले वडा नं १, ६ र ७ साथै एमालेले वडा नं २ मा जित हासिल गरेको छ ।

     

    जनयुद्धमा विभिन्न खाले बाधा व्यवधानलाई पन्छाउदै आफ्नो सिन्दुर पुछीदा पनि देश र जनताको लागि निरन्तर अगाडी बढ्दै आउनु भएकी चौलागाँई काभ्रेमा रहेको १३ स्थानिय तहमै पालिका प्रमुखको रुपमा पहिलो एक मात्रै महिला उम्मेदवार हुनुहुन्थ्यो ।

    महिलाको अधिकार सुनिश्चित गर्नुपर्छ, महिला पुरुष समान हुन भन्ने नारा लगाई रहने ठूला दलहरुले समेत पालिका प्रमुखमा महिला उम्मेदवार चयन गर्न नसकेको अवस्थामा नेकपा माओवादी (केन्द्र) ले चौरीदेउराली गाउँपालिकामा प्रमुखमा महिला उम्मेदवार उठाएको थियो ।

    एमालेको सांसद स्वयं उपस्थित भएर मतदाताँंग पैसाका मुठामा मत किन्ने जमर्को नगरेको हैन । निर्वाचनमा करोडौं खर्चिएर निर्वाचनमा विजय हासिल गर्न लागि परेकाहरुलाई चौरी देउराली वासिले राम्रै झापड दिएका छन् । महिला भनेर हेप्दै साथै पैसाको बिटा हल्लाउंदै निर्वाचन विथोल्न झगडा गरी पुन सहमतिको नाउमा रातीको समयमा मत हाल्ने वातावरण तयार गर्दै राती धाँधली गर्न सहज नबनाएका हैनन् । तर पनि सत्यको पक्षमा जित सुनिश्चित हुन सफल भयो ।

    अब माओवादी सकियो, पत्तासाफ भइसक्यो भनेर झ्याली पिटिरहेको समयमा यतिका धेरै माओवादीहरू फेरि कसरी निस्के ? जमिनमुनिबाट निस्के कि जमिन माथिबाट निस्के ? पक्कै पनि यो अनुसन्धानको विषय बनेको छ । परिस्थिति यस्तो बनेको छ कि माओवादीको उपस्थिती नभएको त कुनै पालिका नै बाँकी छैन ।

    माओवादीको बिउ जोगाउने चिन्ताबारे थरीथरीका विद्वानहरूले मिडियामा दन्तबझान गरेको बेला हजारौंको संख्यामा वडाध्यक्ष र सदस्यहरू साथै ७९ स्थानीय तहमा विजय हासिल गर्दै अगाडी बढ्ने क्रममा चौरीदेउरादी गाउँपालिकाले छुट्टै पहिचान कायम गर्न सफल भएको छ । आज (बिहिबार) बिहान ९ बजे निर्वार्चित जनप्रतीनिधि घोषणा कार्यक्रम हुदैछ । घोषणा कार्यक्रम पश्चात सुरुहुने विशाल र्यालीले विगतको १० वर्षे जनयुद्धको झल्को मात्रै हैन निर्वाचित रेनुकाको पुछिएको सिन्दुरको स्मरण गर्दै पालिकावासी र्यालीमा सहभागी हुनेछन् ।

    निर्वाचित चौलागाँईको जेठाजु यानप्रसाद गौतम (आलोक) लाई ०५९ बैशाख २४ गते रोल्पाको छलाङ्गबाट वेपत्ता पारियो । २०५१ सालमा नै विद्यार्थी संगठनमा आवद्ध हुनुभएको चौलागाईं प्रहरीले धरपकड गर्न थालेपछि २०५४ सालमा माओवादीको पूर्णकालीन कार्यकर्ता बन्नु हुदै जेठाजुले देखाएको बाटो नबिराईकन अगाडी बढ्ने दृढ संकल्पका साथ अगाडी बड्नु भयो ।

    २०५६ सालमा महिला संगठनको काभ्रे जिल्ला अध्यक्ष बन्नु भएका उहाँले १ वर्ष माओवादीले गठन गरेको जनमुक्ति सेनामा प्लाटुन कमाण्डरको भूमिकामा निर्वाह गर्नुभयो । २०५८ सालमा सेनाको गिरफ्तारीमा पर्नुभएको थियो । २०६४ सालमा समानुपातिकतर्फ संविधानसभा सदस्य निर्वाचित हुनुभयो ।

     

    पती नविन गौतम (आजात) काठमाडौ सुन्धारामा ०५७ साल जेठ ७ गते पक्राउ गरी शाही सेनाले निमोठ्यो । जेठाजु अनि श्रीमानको मृत्युको पिडामा छटपटिई रहदा आफ्नो दिदि विन्दा चौलागाँईलाई चौरीदेउरालीमा ०५२ साल अशोज महिनामा दोहोरो भिडन्तको नाउमा बाँच्न दिइएन । दाई कमल चौलागाँई (विशाल)लाई रामेछापको दोरम्भामा ०५६ साल मंसिर १५ गते दोहोरो भिडन्तमा ति पत्थर रुपी मन भएका शाही सेनाले संसारबाट विदा गरिदिए । पति नविनले नासोको रुपमा छोडेको छोरीलाई कसरी बचाउने भन्ने थप पिडाको विचमा भौतारीदै अगाडी बढ्दै जाने क्रममा ति हुकर्दै गरेकी छोरीको अनुहारमा आफ्नो पती नविन र जेठाजु यानप्रसादको झल्को मेटाउदै अगाडी बढ्दै जाने क्रममा आजको र्यालीमा ती सहिदको नासो रुपी छोरी भुमिका चौलागाँईको सहभागिताले स्थानियको मन मुटु कती खोतल्ला ?

    स्थानिय तहको निर्वाचन हुँदै गर्दा माओवादीले गठबन्धनका कारण चुनाव जितेको हो । माओवादीले यसरी चुनाव जितेको हो भनेर मलाई भूइँफुट्टा तर्क दिईराख्नु त त्यति जरुरी देख्दिन तर सोझो अर्थमा जनताले भोट हालेका कारण चुनाव जितेको हो । किनकी माओवादीलाई भोट हाल्नुभन्दा हात काटेर फाल्छु भन्नेहरू गठबन्धनका आजीवन सदस्य छन् ।

    राजनीतिक जीत गणकहरूले देखाएको अंकगणितबाट मात्रै प्रमाणित हुँदैन, माओवादी मात्रै यस्तो पार्टी हो, जसले कुन पार्टीलाई ठूलो बनाइदिने, कुन पार्टीलाई सानो बनाइदिने भन्ने ल्याकत राख्दछ । जतिखेर माओवादीले संविधानको रक्षाका निम्ति ‘हामी यहाँ छौं’ भनेर सडकमा खडा भयो, हो त्यही हो माओवादीको जीत । जतिखेर माओवादी संसद विघटन विरुद्ध गर्जियो, त्यही थियो माओवादीको जीत ।

    आज लोकतन्त्र र संविधानवादप्रति विश्वास गर्ने महान नेपाली जनताले माओवादीलाई फेरी एकपटक सच्चिएर इतिहासको जगमा खडा भएर उभिनका लागि जनमत प्रकट गरेका हुन । प्रतिगामी तत्वहरू जोसँग माओवादीको प्रमुख वैचारिक लडाइँ थियो, त्यो शक्तिले टाउको उठाउन नपाउनु नै माओवादीको अर्को जीत हो । यसरी माओवादी अंकगणितमा तेस्रो हुनु परे पनि राजनीति र रणनीतिमा पहिलो नै हो । आज माओवादीले जितेका क्षेत्रमा आदिवासी जनजाति, महिला, दलित, युवा सबैको अनुहार देखिएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार