२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

अव पाँचखालमा न्याय मर्ने छैन,भिडियो सहित  तपाईहरुको अंश सुरक्षीत छ बाटो विराउनेहरु फर्कनोस—वाँस्कोटा


४२४६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ जेष्ठ ९, सोमबार मा प्रकाशित २ साल अघि
  • काभ्रेपलाञ्चोक । “म आशा गर्छु, एकदमै धेरैआशा गर्छु” पर्सी जेठ १५ गते आउने बजेटमा पाँचखालमा हुने सुरुङ्ग मार्गको लागि डिपिआरको निम्ति ४०/५० करोड छुट्याउने छ ।

    उक्त भनाई नेकपा एमालेका पोलिट व्युरो सदस्य एवं पुर्व सुचना तथा संञ्चार मन्त्री गोकुल बाँस्कोटाले आज (सोमबार) पाँचखालमा आयोजित नेकपा एमालेको विजय उत्सव र्यालीको कोण सभालाई सम्बोधन गर्ने क्रममा वताउनु भएको होे ।

    कार्यक्रममा बाँस्कोटाले थप्नुभयो—नेकपा एमाले सरकारले सुरुङ्ग मार्ग फिजिविलिटि सर्वेको निम्ति मात्रै मात्रै ५० लाख छुट्याएको थियो । त्यसको रिपोर्ट आयोहोला, त्यो रिपोर्टको आधारमा यदि पाँचखालमा बिकास गर्न चाहनु हुन्छ भने, पाँचखालको नयाँ मुहार वदल्न चाहनु हुन्छ भने, पाँचखाललाई दोस्रो काठमाडौ बनाउन चाहनुहुन्छ भने ४०/५० करोड छुट्याइदियोस म त्यसमा खुसि मानौला धन्यबाद दिउंला । सो रकम छुट्याईएन भने पाँचखालको विकास निर्माणको लागि धोका भो । त्यसैले पाँचखालमा बिकास निर्माणको धेरैकाम चालु छन् ति काम सम्पन्न हुने छन् ।

    कार्यक्रममा पुर्व मन्त्रि बाँस्कोटाले भन्नुभयो—अव पाँचखालमा न्याय मर्ने छैन । समानुपातिक र समावेसी विकास मर्ने छैन, पाँचखाल नगरको उपप्रमुखको नेतृत्वमा नीति, योजना, बजेट,अनुगमन त्यसको कार्यन्वयन र न्याय सम्पादन नेकपा एमालेको हातमा आएको बताउनु भयो । जसको कारण आम पाँचखाल वासीलाई पक्षपात हुने छैन ।

    “रात पछि दिन आउंछ”मंसिर १३ गते आम निर्वाचन आउंदै छ त्यौ मैदानमा हामी फेरी प्रतिपधौ गरौला । एमाले बिभाजित भएर जो साथीहरु अन्त पुग्नुभो एक छेउमा बाहेक सदस्यपनि काँही दिएको देखिएन किन पछि लाग्नु भएको हो ? झलनाथ खनालले हिजो मात्रै भन्नु भो नेकपा एमालेको धेरै मायाँ लाग्छ मैलै नेतृत्व गरे मैलेनै एकताबद्ध बनायँ । उहाँले ठिकै सोच्नु भो, हामी रामै्र गरौला हामी विना पुर्वाग्रह गर्छौ तपाईहरु जस्ले वाटो विराउनु भएको छ फर्किहाल्नोस ।

    तपाईहरुले अ्रश पाउनाको निम्ति आफ्नै वंसमा बस्नुपर्छ भन्ने कुरा पाँचखालको सेरोफेरोको निर्वाचनलाई हेरेर मुल्याँकन गर्नोस । सिट विभाजनमा काहाँ दियो ठाउं ? अंश खोज्दा कती पाईयो ? धेरै भाग खोज्न जानुभएको हैन के भो ? त्यसैले नेकपा एमालेबाट बाहिरिनु भएका साथिहरुलाई भन्न चाहन्छु पार्टीमा फर्कनुस अंश तपाईहरुको निम्ति सुरक्षीत छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार