२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

जनप्रतीनिधिहरुले सोचबुझका साथ पाईलाहरु अगाडी बढाउनु पर्छ—लामा (भिडियो सहित)


४१७४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ जेष्ठ २७, शुक्रबार मा प्रकाशित २ साल अघि
  • काभ्रेपलाञ्चोक । हालै सम्पन्न स्थानिय तहको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट निर्वाचित जनप्रतीनिधिहरु सिसाको घरभित्र बस्नु भएको छ,त्यसैले जनताले पारदर्सीढंगबाट निचाल्ने अवसर पाएका छन् ।

    उक्त भनाई नेपालि काँग्रेसका काभ्रे जिल्ला सभापति तिर्थ लामाले जिल्लामा निर्वाचित जनप्रतीनिधिहरुलाई बधाई तथा सम्मान कार्यक्रमको अवसरमा आज (विहिबार) काभ्रेको बनेपामा बताउनु भएको हो ।

    कार्यक्रममा जिल्ला सभापति लामाले थप्नुभयो—नेपाली काँग्रेसका निमित्त काभ्रेली अग्रज नेताहरुले देखाएको मार्गमा निरन्तरता हिड्दा काभ्रे काँग्रेसको लागि यतिखेर ठुलो अवसर मिलेको छ ।

    स्थानिय तहको निर्वाचनमा गठबन्धन गरी अगाडी बढ्ने क्रममा पुर्ण रुपमा नेपाली काँगे्रस सफल भएको छ । जिल्लामा रहेको १३५ वडहरु मध्य थोरैमा मात्रै गठबन्धन भएपनि अन्य वडाहरुमा गठबन्धन पक्षधर नै आ—आफ्नै तरिकाले निर्वाचनमा सहभागि हुदै गर्दापनि नेपाली काँग्रेसले ६० वटा वडामा बिजयी हुन सफल भएको छ । जिल्लामा रहेको १३ वटै स्तानिय तहमा प्रमुख वा उपप्रमुख गरी सवैमा निर्वाचित हुंदै नेपाली काँग्रेस जिल्लामा पहिलो पार्टी हुन सफल भएको सभापति लामाले बताउनु भयो ।

    कार्यक्रममा काँगे्रस सभापति लामाले नेपालि काँग्रेस काभ्रेले विगतको इतिहासलाई स्मरण गर्दै स्वर्णिम अवसरहरुलाई चुम्दै जाँदा काभे्र काँग्रेसले ठुलो अवसर पाउन सफल भएको छ । यो अवस्थामा नव निर्वाचित जनप्रतीनिधिहरुले अत्यन्त सोचबुझका साथ पाईलाहरु अगाडी बढाउनु पने बताउनु भयो । सामाजिक लडाई जटिल छ, त्यो हामि सवैलाई थाहा छ, तसर्थ—सामाजिक रुपमा लडाई लडिरहंदा सोचबुझका साथ आफ्ना पाईलाहरु अगाडी बढाउन अनुरोध गर्नुभयो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार