२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

घातक सिंगापुरे डेजि झार फैलियोे पाँचखालमा, नियन्त्रण गर्न नसके उर्वरा भूमी मरुभूमीमा परिणत(भिडियो सहित)


१२४५० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ अषाढ ४, शनिबार मा प्रकाशित २ साल अघि
  • आइ.आर.के.मैनाली
    काभ्रेपलाञ्चोक । कृषि नगरीको रुपमा परिचित पाँचखाल नगरपालिकाको बिभिन्न स्थानमा मिचाह प्रजातीको झार फैलंदो छ ।
    सिगापुरे डेजि नामक उक्त मिचाहा झारको कारण उर्वराभूमी मरुभूमिमा परिणत हुने खतरा वढेको छ । विगत केही बर्ष अगाडी ककैकतै देखिएको उक्त झार समयमा नियन्त्रण नगर्दा विस्तार व्यापक मात्रामा फैलिएको पाईन्छ ।

    पाँचखाल नगरको उर्वरा भूमीहरुमा उक्त झार फैलंदै गर्दा नियन्त्रणको लागि खासै चासो नदिंदा जटिल समस्या आउने प्रवल संभावना रहेको छ । कृषि पेसाकै आधारमा जिवन निर्वाह गर्दै गरेका कृषकहरुलाई उक्त झारको बारेमा जानकारी समेत छैन । स्थानिय सरकारले झार नियन्त्रणको लागि अभियान चलाउनाको साथै सो मिचाह प्रजातीको झारबाट हुने खतराको बारेमा जानकारी गराउन सकेपनि कृषक सचेत हुनेथिए ।

    केही बर्ष अगाडी देखि पाँचखालमा देखिएको डेजि नामक मिचाहा झार कृषि व्यवसायको लागि घातक रहेको कृषि विभाग साथै त्रिभुवन विश्व विद्यालय बनस्पती विभागले जानकारी गराएको छ । यस्तो प्रकारको घातक झार नेपालमा काभ्रेपलाञ्चोकको पाँचखाल र मण्डनदेउपुरमा मात्रै देखिएको प्लान्ट क्वारेन्टाईन तथा बिषादी व्यवस्थापा केन्द्र हरिहर भवनका प्रमुख सहदेव प्रसाद हुमागाईले जानकारी गराउनु भएको छ । प्रमुख हुमागाईका अनुसार विश्वकै सवैभन्दा विषाक्त साथै कृषिको लागि अत्यन्त घातक सिगापुरे डेजि नामक मिचाहा झार नियन्त्रणको लागि स्थानिय सरकार साथै केन्द्रिय सरकारको समेत भूमिका हुनुपर्ने बिषयमा जोड दिनु भएको छ । समयमा यो घातक झारलाई नियन्त्रण गर्न नसकेमा पाँचखालको कृषिवालि सखाप हुने बताउनु भयो ।

    प्लान्ट क्वारेन्टाईन तथा बिषादी व्यवस्थापा केन्द्र र कृषि विभाग साथै त्रिभुन विश्वविद्यालय बनस्पति विभाग समेतको टोली पाँचखाल नगरमा आएर सो झारको बारेमा जानकारी गराउनको लागि एक दिने गोष्टि समेत भएको थियो । तर पछिल्ला दिनहरुमा नगरको खासै चासो पुग्न सकेको छैन । कृषकको हितको लागि कार्यगर्नुपर्ने निकाय समेत मौन बस्दा पाँचखालको भविस्य अन्धकार तर्फ धकेलिने संभावना रहेको छ ।

    उक्त खतरनाक मिचाह प्रजातीको झारको वारेमा एक दिने गोष्टि भएपछि नि—बर्तमान पाँचखाल नगरको उपप्रमुख लक्ष्मी दनुवार, पाँचखाल नगरका प्रमुख प्रसाशकिय अधिकृत शिव प्रसाद हुमेगाई, नगरका कृषि शाखा प्रमुख इश्वर अधिकारी समेतका नगरका कर्मचारीहरु, सहकारीका प्रतीनिधिहरु साथै कृषकहरुको उपस्थितिमा झारको पहिचान गरी नष्ट गर्ने अभियान चलाउने भन्दै पाँचखाल नगरपालिका वडा नं ४ र ६ को सिमानामा केही झार ओखलिएको थियो ।

    तर पछिल्ला दिनमा आएर सो मिचाह प्रजातीलाई नियन्त्रण लिने बिषयमा खासै चासो भएको पाइन्न । विगत बर्षमा कतै कतै फाट्ट फुट्ट देखिएको झारलाई समयमा नियन्त्रण नगर्दा हाल आएर जताततै संक्रमण फैलिएको छ । यस्तो भयावह अवस्थामा पनि स्थानिय सरकारले केन्द्रिय सरकारलाई आधिकारीक पत्र पठाएको छैन । उता कृषकहरुलाई झारको बारेमा जानकारी समेत नगराउदा घाँसको रुपमा बस्तुलाई खुवाइदैछ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार