२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

लोक गायिका हत्या अभियोगमा सूर्य पक्राऊ


४४४२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ अषाढ १२, आईतबार मा प्रकाशित २ साल अघि
  • काठमाडौंको नेपालटार स्थित डेरामा मृत फेला परेकी लोक गायिका दिलमाया सुनारको सल महाराजगञ्जमा भेटिएको छ । महाराजगञ्ज स्थित नालीमा सल भेटिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी बसन्त कुँवरले बताए ।

    शनिवार बिहान बेडमा मृत अवस्थामा भेटिएकी सुनारको हत्या आशंका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान गरिरहेको छ । घटनामा संलग्न भएको आशंकामा प्रहरीले सिन्धुपाल्चोक साँगाचोक १ घर भै काठमाडौ कागेश्वरी मनहरा नगरपालिका बस्दै आएका सूर्य श्रेष्ठलाई पक्राउ गरेको छ । श्रेष्ठले उनको डेरामा गएर बिहान फर्केको स्वीकारेका छन् । प्रहरीको अनुसन्धानबाट गायिकाको सल श्रेष्ठले नै  महाराजगञ्जस्थित कतार भिषा सेन्टर अघिल्तिर नालीमा फालेको प्रहरीसँग स्वीकार गरेका छन् ।

    मासु, भात र अचार बनाएर दुवैले खाए । छातीमा चोट लागेको हुनाले खाना खाएपछि आफू  मल्हम र नदुख्ने औषधी किन्न  बाहिर निस्केको श्रेष्ठले प्रहरीलाई बताएका छन् । प्रहरीका अनुसार श्रेष्ठले गायिकाको डेरामा ३ गिलास रक्सी खाएका थिए । करिब पौने १२ बजेतिर उनी औषधी किन्न निस्केका हुन् ।

    औषधी खाएर आफू निदाएको र गायिका मोवाइल चलाएर बसेको श्रेष्ठले प्रहरीलाई बताएका छन् । ‘ब्यूझिँदा झुण्डिएको देखेँ’ श्रेष्ठले भनेका छन्–‘पहिलेपनि विष खाएर आत्महत्या प्रयास गरेको हुनाले बचाउन सक्छु भनेर पासोबाट निकालेर तल राखेँ, कृत्रिम स्वास दिएँ ।’ उनीहरु लिभिङ टुगेदरमा रहेको बताइएको छ ।

    तर, गायिकाको शरीर चिसो भएपछि आफू गोठाटार गएको श्रेष्ठले प्रहरीलाई बताएका छन् । श्रेष्ठको डेरा गोठाटारमा छ । नेपालटारबाट करिब ४ बजे निस्केका उनले बाटोमा जाँदा सल फालेर हिँडेका हुन् ।

    लाइभ दोहोरीका कारण चर्चामा आएकी सुनारको मोबाइल फेला परेको छैन् । घाँटीमा डाम देखिएको छ तर, सो डाम कसरी बस्यो भन्नेबारे नखुलेको अनुसन्धानमा संलग्न  प्रहरीले बताए । पोष्टमार्टम रिपोर्ट नआउँदासम्म गायिकाले आत्महत्या गरिन्, या हत्या भयो भन्नेबारे भन्न नसकिने अनुसन्धान कार्यालयका एसएसपी कुँवरले बताए । मृत्युअघि दिलमायाले फेसबुकमा लेखेकी थिइन्–‘जिवनसँह हार खाएँ ।’ एक छोराकी आमा उनी पतिसँग डिभोर्स गरेर बसेकी थिइन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार