२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

६ महिनामा ८० अरव बैदेशिक सहयोग प्राप्त—सदस्य सचिव भट्ट


४३५५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ अषाढ १३, सोमबार मा प्रकाशित २ साल अघि
  • काठमाडौ । लवग्रीन नेपाल नामक संस्थालाई बिभिन्न माध्यमबाट सघाउंदै संस्था सञ्चालनको लागि योगदान पुर्याउनेहरुलाई संस्थाको ३० औं बर्षगाँठको अवसरमा सम्मान गरीएको छ ।

    संस्थाले विशेष कार्यक्रमको आयोजना गर्दै संस्थापक सदस्य, दिवंगत हुनु भएका सदस्य तथा कर्मचारीका परिवारहरूलाई सम्मान गरेको हो । सम्मानित हुनेहरूमा संस्थापक अध्यक्ष डा. त्रिलोक्यनाथ श्रेष्ठ, संस्थापकहरू सदस्य केशव अर्याल, कैलाशान प्रधान, राजेशकुमार सिलवाल रहनुभएको छ ।

    त्यसैगरी संस्थामा विभिन्न पदमा रही १७ वर्ष काम गर्नु भएका स्व. रवि लामिछाने की धर्मपत्नी श्रीमति रिनालामिछाने, २५ वर्ष कार्यकारी निर्देशक पदमा रही काम गरेका स्व. गारेकाजी संगतकी धर्मपत्नी नल्दालक्ष्मी संगत, २०७२ सालको भूकम्पमा परि दिवंगत भएका कर्मचारी गोविन्द पराजुलीकी धर्मपत्नी सिता पराजुली र २५ वर्ष सेवा गरेका पाँचखाल–७ का नर्सरी व्यवस्थापक भरत श्रेष्ठलाई सम्मान गरिएको थियो । त्यसैगरी जापानमा माथिल्लो सदनका सांसद स्व. मियनु सिगेको र लवग्रीन जापानका अध्यक्ष स्व. मासाओ आईकावालाई पनि मरणोपरान्त सम्मान गरिएको थियो ।

    कार्यक्रमका प्रमुख अतिथि समाज कल्याण परिषद्का सदस्य सचिव मनोज भट्टले संस्थाले आयोजना गरेको सम्मान कार्यक्रमले आफुलाई पनि धेरै मार्गनिर्देश गरेको बताउनु भयो । आर्थिक पारदर्शिता र सुसाशनमा लवग्रीन नेपाल अब्बल संस्था भएको परिषद्ले महशुस गरेको बताउदै ६ महिनामा ८० अरब बराबरको बैदेशिक सहयोग प्राप्त भएको र त्यसलाई भरपुर सदुपयोग गर्न आफूले संघसंस्थाहरुलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    कार्यक्रममा कृषि विभाग, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख, सह–सचिव डा. रामकृष्ण श्रेष्ठले लवग्रीन नेपाल जनताको मनमुटुमा बसेर काम गरेको आफुले अनुभव गरेको बताउनु भयो । वहाँले लवग्रीन नेपालको टिम, संस्थापक सदस्यहरु सबैलाई बधाई तथा धन्यवाद दिनु भयो । साथै कृषिमा लोप उन्मुख हुन लागेका बालीहरु संरक्षणमा पनि लवग्रीन नेपालले ध्यान दिनु पर्ने बताउदै जलवायू परिर्वतन र विश्व घटनाले कृषि कर्ममा अझ बढी चुनौती थपिएको बताउनु भयो ।

    लवग्रीन नेपालमा ३० वर्ष देखि स्वयंसेवकको रुपमा अध्यक्ष लगायत विभिन्न पदमा रही निरन्तर काम गर्नुभएका ७६ वर्षिय केशब अर्यालले सामाजिक सेवामा आफूलाई आनन्द लाग्ने भन्दै पाँचखाल क्षेत्रमा आफू पहिला पटक जाँदा देखेको अवस्था र अहिलेको कृषि, शिक्षा र वातावरण संरक्षणमा आफूले निकै भिन्नता पाएको बताउनु भयो । त्यस्तै गरी ८१ वर्षिय डा. त्रिलोक्यनाथ श्रेष्ठले ३० वर्ष आफ्नो अध्यक्षतामा संस्था स्थापना गर्दा आफूले देखेको सपना आज पुरा भएको बताउनु भयो । आफु यो उमेरमा पनि नेपालमा बीउको समस्यालाई न्यूनीकरण गर्न बीउ उत्पादनमा लागेको बताउनु भयो ।

    कार्यक्रमको सभापितत्व गर्नु भएका संस्थाका अध्यक्ष अमिरा दलीले हामी सरकारी निकाय लगायत सबैको सहयोगले मात्र यति लामोयात्रासम्म आउन सकेको बताउनु भयो । उहाँले उपस्थित प्रमुख अतिथि, अतिथिहरु,जापानी दुतावास नेपाल, जाईका नेपाल, लगायत सम्पूर्ण महानूभावहरूलाई धन्यवाद दिदै कार्यक्रम समापन गर्नु भएको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार