१४ असार, विराटनगर । अविरल वर्षासँगै आएकोफ बाढीका कारण विराटनगर र कटहरीमा १७५ परिवार विस्थापित भएका छन् । सिंघिया खोलामा आएको बाढी बस्तीमा पस्दा १७५ परिवार विस्थापित भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठका अनुसार विराटनगरमा ४५ र कटहरी गाउँपालिकामा १३० परिवार विस्थापित भएका हुन् । विराटनगर ८ मा २५ र विराटनगर २ मा २० परिवार विस्थापित भएको उनले बताए ।
कटहरी गाउँपालिका १ मा १७५ परिवार विस्थापित भएका छन् । कटहरी १ को टाइगरटोलमा ६०, हनुमान मन्दिर एरियामा ४० र नारी विकास संघ एरियाका ३० परिवार विस्थापित भएका छन् ।
बाढीका कारण विस्थापित भएकाहरूलाई सुरक्षित स्थानमा सारिएको श्रेष्ठले बताए । वर्षा जारी रहेकाले खोला किनारका बस्तीहरुलाइ सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ ।
श्रेष्ठका अनुसार बाढीले बगाएर सुन्दरहरैंचामा एक जनाको मृत्यु भएको छ । सुन्दरहरैंचा–६ सिसौघारीका ५५ वर्षीय रामबहादुर विकको बाढीले बगाएर मृत्यु भएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए । सुन्दरहरैंचा–३ आइतबारेमा गछिया खोलाले बगाउँदै गरेको अवस्थामा बिहान विकको शव भेटिएको थियो ।
प्रतिक्रिया दिनुहोस