२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

लायन्स काठमाडौ इन्द्रेश्वरको अध्यक्षमा डायमण्ड


४४०७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ अषाढ १८, शनिबार मा प्रकाशित २ साल अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेको पनौतीमा विगत लामो समयदेखी सञ्चालनमा रहेको लायन क्लव अफ काठमाडौ इन्द्रेश्वरको अध्यक्षमा लायन लायन्स डायमण्ड थापा चयन हुनुभएको छ ।

    सन २०२१—२०२२ का अध्यक्ष प्रल्हाद शर्मा हुमागाईले आज (शनिबार) एक कार्यक्रमका विचमा सन् २०२२—२०२३ को लागि लायन डायमण्ड थापालाई पद हस्तान्तरण गर्नुभएको हो ।

    सन २०१४ सालमा काभ्रेको पनौतीमा स्थापना भएको लायन्सअफ काठमाडौ इन्द्रेस्वर निरन्तर रुपमा सामाजिक हितको खातिर कार्यहरु गर्दै अगाडी बढेको छ । बनको राजा सिंह भने झैं सामाजिक कार्यमा अव्वल ढंगबाट सेवा गर्दै आएको क्लवले सामाजिक हित चाहने व्यक्तित्वको मन जित्न सफल भएको छ ।

    पद हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि डिष्ट्रक को—अडिनेटर पवन कुमार थापाले सामाजिक कार्यको लागि निस्वार्थ ढंगले अगाडी बढ्ने राजा लायन क्लब हो, उहााले भन्नुभयो । “हामी सेवाको भावनाले पे्ररित भएका व्यक्तिहरुको समुहले समाजमा हितको लागि कार्य गर्दै छौं।”थापाले भन्नुभयो । हामीले क्लव देखाउनको लागि खोलेको हैन, वचेको समयलाई सामाजिक कार्यमा खर्चिएर सामाजिक कार्यहरुलाई परिवर्तनको लागि क्लव खोलेका हौं प्रमुख अतिथि थापाले भन्नुभयो ।

    कार्यक्रममा संस्थापक अध्यक्ष लायन रामकुमार बस्नेतले सन् २०२१—२०२२ का अध्यक्ष प्रल्हाद शर्मा हुमागाईले कोभिडको महामारीमा समेत क्लब सासै सामाजिक हितको खातिर कार्य गर्न सकेको वताउनु भयो । राम्रो कार्य गर्दै अगाडी बढ्ने क्रममा अध्यक्ष हुमागाई जोन चेयर पर्सन हुन सफल भएकोमा खुसि व्यक्त गर्नुभयो ।

    कार्यक्रममा सामाजिक व्यक्तित्व लायन प्रधुम्न श्रेष्ठले लायन्स क्लब काठमाडौ इन्दे्रस्वरलाई अगाडी वढाउन लामबद्ध हुनुहुने लायन लिडरहरुले राम्रा कार्य गर्दै अगाडि बढ्न सफल भएको बताउनु भयो । उहाँले थप्नुभयो क्लवले निस्वार्थ ढंगबाट सामाजिक कार्यमा जुट्दै आएकोले आगामी दिनमा अन्य क्लवहरुसंग पनि सहकार्य गर्दै अगाडी बढ्नुपर्ने बताउनु भयो ।

    कार्यक्रमका सभापति एवं लायन २०२१—२०२२ का अध्यक्ष लायन प्रल्हाद शर्मा हुमागाईले संस्थापक अध्यक्ष लगाएतका पुर्वजहरुको साथ र सहयोगका कारण कोभिडको महामारी हुंदै गर्दापनि सामाजिक कार्यको क्षेत्रमा अगि बढ्न सकेको वताउनु भयो । उहाँले आफ्नो कार्यकालको आर्थिक विवरण प्रस्तुत गर्दै क्लबको हितको खातिर निरन्तर लागि रहने वताउनु भयो ।

    त्यसैगरी नव निर्वाचित अध्यक्ष डाइमण्ड थापाले आफ्नो कार्यकालमा गरिने सामाजिक कार्यको खाका प्रस्तुत गर्दै सामाजिक हितको खातिर निरन्तर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । समय समयमा लायन्स कार्यालयमा जम्मा भएर सामाजिक हितको खातिर कार्य गर्ने बताउनु भयो ।

    विपस्ना शाक्यले सञ्चालन गरेको कार्यक्रममा लायन अनजु रन्जित, लायन्स प्रकाश श्रेष्ठ लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । उक्त कार्यक्रममा सम्राट मैनालीको अध्यक्षतामा लियो क्लव अफ काठमाडौ इन्द्रेश्वर गठन भएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार