२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

निवेदन दिएको ७ दिनमै काभ्रेमा पासपोर्ट पाईने


३७०४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ अषाढ १९, आईतबार मा प्रकाशित २ साल अघि
  • काठमाडौं । राहदानी विभागले अब १५ दिनमै जिल्लामा राहदानी (पासपोर्ट) पुग्ने जनाएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै विभागले जिल्लाबाट आवेदन दिएकाहरूले बढीमा १५ दिनमै पासपोर्ट पाउने व्यवस्था मिलाइएको जनाएको छ ।

    जिल्ला प्रशासन कार्यालयबाट आवेदन भएका राहदानीहरूलाई विभागले प्रत्येक हप्ता प्रिन्ट गरेर पठाउने व्यवस्था गरेकाले काठमाडौं उपत्यकाभित्रका जिल्ला र काभ्रेमा आवेदन गर्नेहरूले एक हप्ता भित्रमा र अन्य जिल्लाको हकमा १० देखि १५ दिन भित्र राहदानी प्राप्त गर्ने सुनिश्चितता मिलाइएको विभागको विज्ञप्तिमा उल्लेख छ ।

    अहिले दैनिक रूपमा विभागमा आवेदन गर्नेको संख्या २,४०० रहेको र राहदानी तयार भएपछि लिन आउनेको संख्या र अन्य आकस्मिक कार्यका लागि गरी दैनिक पाँच हजार भन्दा बढी सेवाग्राहीहरूलाई सेवा प्रदान गरिरहेको विभागको दाबी छ । दैनिक रूपमा ६,५०० राहदानी उत्पादन गरी वितरणको व्यवस्था मिलाएको विभागले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार